पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्न सफल अभिनेत्री र गायिका विवाह बन्धनमा बाँधिएका छन् । अहिले अभिनेत्री ज्योत्स्नाले गायक स्वप्न सुमनसँग लगनगाँठो कसेको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा अभिनेत्रीका फ्यान लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अहिले यी जोडीलाई वैवाहिक जीवनको शुभ कामनाको ओइरो लागेको छ । खबर अनुसार यो विवाह सीमित मानिसको बिचमा भएको बताइएको छ । अभिनेत्री ज्योत्स्नाले चलचित्र ‘म त तिम्रै हुँ’बाट अभिनेत्रीको रुपमा अभिनय यात्रा सुरु गरेकी थिइन् भने स्वप्न सुमन अहिलेको समयमा युवा पुस्ताको रोजाईमा पटना सफल गायक हुन् ।
यो जोडीले पहिलो पटका स्वप्नको कै आवाजमा रहेको ‘तिम्रो र मेरो कुरा’ बोलको गीतमा एकसाथ काम गरेका थिए । अहिले भने ज्योत्स्ना कुनै पनि चलचित्रमा नदेखिए पनि समय-समयमा केही म्युजिक भिडियोमा देखिने गरेकी छिन् । खबर अनुसार स्वप्न सुमन र ज्योत्स्नाले करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।