६८ दिनसम्म बुध ग्रहको ४ परिवर्तन, ५ राशिका भाग्यमा आउनेछ उथलपुथल

काठमाडौँ : सामान्यतया बुध २३ दिनको लागि कुनै पनि राशिमा प्रवेश गर्दछ। तर कहिलेकाहीँ केहि परिस्थितिहरू उत्पन्न हुन्छन् जसका कारण बुधको गोचरको अवधि बढ्छ। बैशाख १२ गते(२५ अप्रिल) सोमबार बुध वृष राशिमा प्रवेश गरेको छ। जहाँ यो ग्रह असार १८ गते(जुलाई २) सम्म रहनेछ। यसैबीच, बुध कहिले अस्ताउँछ र कहिले उल्टो चाल चल्छ। बुध बैशाख २७ गते(१० मे) मा प्रतिगामी हुनेछ र बैशाख ३० गते (१३ मे) मा अस्त हुनेछ। जेठ २०(जुन ३) मा मार्गी हुनेछ। यसपछि असार १८ गते(जुलाई २) मा मिथुन राशिमा प्रवेश गर्नेछ। बुध ग्रहमा हुने यी परिवर्तनले कुन राशिलाई असर गर्छ जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका विद्यार्थीहरुका लागि यो समय शुभ रहनेछ। करियरमा शुभ फल प्राप्त गर्न सकिनेछ। आर्थिक पक्ष बलियो रहनेछ। घरपरिवारबाट हरेक काममा पूर्ण सहयोग मिल्नेछ। यस अवधिमा धनको अभाव हुनेछैन।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आर्थिक अवस्था राम्रो रहनेछ। व्यापार व्यवसायीहरुका लागि पनि समय अनुकूल रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। यात्राबाट राम्रो आम्दानी गर्न सफल हुनुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

लगानीका लागि समय शुभ रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिने देखिन्छ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

करियरमा सफलता मिल्ने सम्भावना छ। पुरानो लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। पढाई तथा लेखन कार्यमा सफलता मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापार व्यवसायीहरुका लागि यो समय अनुकूल रहनेछ। नोकरी तथा व्यवसायमा सुनौलो सफलता मिल्ने प्रबल सम्भावना छ। विवाहित व्यक्तिहरूले राम्रो लाभ प्राप्त गर्ने सम्भावना छ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९१९:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि र मङ्गलको योग ३ राशिमाथि पर्नेछ भारी, जेठ ३ गतेसम्म सोचविचार गरी मात्र पाइला चाल्नुहोस्