‘मे’ महिनामा ४ राशिले सुनौलो सफलता पाउने प्रबल योग, पैसाको हुँदैन कुनै कमी

काठमाडौँ : ग्रेगोरियन क्यालेन्डर अनुसार मे महिनामा दुई ग्रहका राशि परिवर्तनसँगै चन्द्रग्रहण पनि लाग्दैछ। ग्रह-नक्षत्रको परिवर्तनले ४ राशिका जीवनमा शुभ प्रभाव पार्नेछ। यी राशिका मानिसहरुका भाग्यमा परिवर्तन आउने प्रबल सम्भावना देखिन्छ। यस समयावधिभर पैसाको कमी हुनेछैन्। तपाईको कडा मेहनतको उचित परिणाम मिल्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि मे महिना निकै शुभ साबित हुनेछ। कडा मेहनतको राम्रो प्रतिफल मिल्ने देखिन्छ। जागिर तथा व्यापारमा सफलता मिल्नेछ। प्रेम सम्बन्धको मामिलामा पनि समय अनुकूल छ। महिनाको सुरुवातमा केही समस्या आउन सक्छ। तर पछि समय अनुकूल हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मे महिना मिथुन राशिका लागि शानदार साबित हुनेछ। बढुवा मिल्ने योग बन्नेछ। जागिरको खोजीमा रहेका जातकले खोजेको जस्तै जागिर पाउनेछन्। विद्यार्थीका लागि पनि समय अनुकूल रहेको छ। पारिवारिक जीवन पनि सुखद् रहनेछ। यात्राबाट राम्रो धन प्राप्तिको सम्भावना छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका लागे मे महिना सुखद् रहनेछ। जागिर खोज्नेहरुले सफलता हात पार्नेछन्। कडा मेहनतको उचित फल मिल्नेछ। आर्थिक स्थिति मजबूत हुनेछ। अचानक धन प्राप्तिको योग देखिन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका लागि मे महिना सर्वाधिक फलदायी रहला। जागिरमा बढुवाको प्रबल योग छ। विद्यार्थीहरुले मनग्यै लाभ उठाउनेछन्। प्रेम जीवन अद्भुत रहनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। कुनै रोगबाट छुटकारा पाउनुहुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख २१ गतेको राशिफल : बुधबार मेष-सिंहसहित ६ राशिलाई सौभाग्यशाली, यी राशि रहनुस् सतर्क