• साताको राशिफल : – बैशाख १७ गतेदेखि बैशाख २३ गतेसम्मको साप्ताहिक राशिफल • ज्योतिषाचार्य दामोदरनाथ लोहनी • साताका चाड : – १७ गते दर्श श्राद्ध, आमाको मुख हेर्ने दिन । १९ गते चन्द्रोदय । २० गते अक्षय तृतीया, धर्म घटादी दान, त्रेतायुगादी, परशुराम जयन्ती । २२ गते आद्य शङ्कराचार्य र रामानुजाचार्य जयन्ती ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साता राम्रो खालको छ । भोजभतेर प्रशस्त पर्ने छन् । इष्टमित्रसँग पनि भेटघाट भइरहला र तिनीहरूको स्वागत सत्कारका लागि खर्च गर्नुपर्नेछ । आर्थिक स्थिति त्यति कमजोर खालको छैन । व्यापारको कामबाट भने सामान्य लाभ मात्र होला ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सुरुमा बढी खर्च हुनेछ । सोमबारदेखि मात्र केही नियन्त्रण आउला तैपनि खर्च गर्नुपर्ने क्रम भने घट्ने छैन । मित्रबाट राम्रो मद्दत पाइनेछ । परिवारमा पनि अति राम्रो वातावरण रहला । सामान्य कामबाट भन्दा प्राविधिकखाले कामबाट बढी लाभ लिन सकिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सातालाई राम्रै रूपमा लिन सकिन्छ । आर्थिक स्थिति बलियो नै रहला तर असल काम गर्न लाग्दा बाधा हाल्ने तत्व बढी नै हुनेछन् । जागिरबाट भन्दा व्यावसायिक कामबाट बढी लाभ हुनेछ । स्वास्थ्यको स्थिति मध्यम खालको छ । साताको सुरुमा सोचेको भन्दा बढी फाइदा हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा डर त लागिरहला तर बिग्रने समय छैन। मद्दत गर्ने प्रशस्त भएकाले जस्तोसुकै समस्या आइपरे पनि त्यसलाई टार्न सकिनेछ । दाम्पत्य जीवनमा राम्रो मेलमिलाप रहला । विवाहसम्बन्धी कुरा पनि सफलताको शिखरमा पुग्नेछ । यात्रा हुने समय पनि छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सुरुका दुई दिनमा बढी डर लाग्ला । सोमबारदेखि भने मनमा भएको त्रास घटेर काम गर्नतिर उत्सुकता बढ्ला तर बाधा दिने तत्व भने अझैँ घटेका छैनन्। स्वास्थ्यको स्थिति अझैँ पनि पूरा राम्रो छैन। गणेशको दर्शन नगरी आइपर्ने विघ्नबाधालाई हटाउन सकिने छैन । पढाइ मध्यम छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मङ्गलबारसम्मका दिन राम्रा खालका छैनन् । गरेका काममा सफलता नपाउनाले मन खिन्न होला । बुधबारदेखि भने सामान्य प्रगति मात्र देखिन्छ । व्यावसायिक कार्यबाट पनि सोचेको जति प्रगति देखिन्न । नारायणको दर्शन र आराधनाले बाधा घट्न सक्छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यात्रा हुने समय छ तर त्यो यात्राबाट त्यति विशेष लाभ भने लिन सक्नु हुने छैन । विपक्षीसँग लड्न सक्ने क्षमता भए पनि ठूलो सफलता भने हात लाग्ने छैन । बौद्धिक स्थिति एकदम कमजोर छ । त्यसैले मुखबाट वाणी निकाल्दा अति संयमित हुनुहोस् । पढाइमा कमी छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यो सातालाई राम्रै भन्नुपर्छ। विपक्षी सेलाउनेछन्। मुद्दामामिलामा तपाईंकै पक्ष बलियो छ। स्वास्थ्यको स्थिति सप्रँदै आउला। घरपरिवारले दिएको सल्लाहलाई अन्यथा नसम्झनुहोस्। आन्तरिक व्यापारभन्दा बाह्य व्यापारबाट बढी फाइदा हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सुरुका दुई दिनमा बढी खर्च भए पनि सोमबारबाट त्यसलाई उठाउन सकिनेछ। पढाइ र लेखाइ दुवैतिर राम्रो प्रगति होला। बौद्धिक स्तर त्यति नराम्रो छैन। बाधा दिने तत्व त छन् तर तिनीहरूसँग पराजित हुनुपर्ने छैन। मङ्गलले तपाईंलाई धेरै टेवा दिनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सुरुमा स्वास्थ्यसम्बन्धी समस्या परेर प्रशस्त खर्च गर्नुपर्नेछ। त्यसैले यो सातालाई पूरा राम्रो भन्न मिल्दैन। बाधा दिने तत्वहरू भएकाले लक्ष्य पूरा हुन निकै गाह्रो छ। गणेशको आराधना नगरीकन कुनै पनि कामलाई पूरा गर्न सकिने छैन। जागिरमा सन्तोष देखिँदैन।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
साताको सुरुमा अलिकति काम बने पनि शनिबार बेलुकीदेखि त्यसमा बाधा तेर्सिन सक्छ। खर्च बढी र आम्दानी कम हुनाले मनमा खिन्नता भइरहला। शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति देखिँदैन। व्यवसायमा समेत अल्झो आउला। शरीरलाई स्वस्थ राख्न गणेशको दर्शन गर्नुहोस्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
खर्च घट्ने क्रममा छैन । अत्यावश्यक काममा भन्दा पनि फाल्तु काममा बढी खर्च गर्नु पर्नेछ । मनमा आध्यात्मिक विचारको विकास हुने समय छ । धार्मिक कार्यसमेत प्रशस्त हुनेछन् । मित्रबाट राम्रै सहयोग मिल्ला । बिहीबारको दिन भने स्वास्थ्यका लागि खराब छ।