भोलि हुने सूर्य ग्रहणको समय, सुतक काल, धार्मिक महत्त्व र राशिमा शुभ-अशुभ असर, हेर्नुहोस् !

भोलि हुने सूर्ग्र ग्रहण वर्षको पहिलो सूर्य ग्रहण हुनेछ । भोलि बैशाख १७ गते शनिबार लाग्ने भएको छ । ग्रहण राति १२:१५ मा सुरु हुनेछ र बिहान ४:०७ मा समाप्त हुनेछ । सूर्य ग्रहण लाग्नु एक किसिमको घटना हो । जसलाई वैदिक ज्योतिषको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। धार्मिक मान्यता अनुसार ग्रहण शुभ मानिँदैन।

सूर्य ग्रहणका लाग्नुको धार्मिक कारण 

वैदिक ज्योतिषमा सूर्य ग्रहणसँग सम्बन्धित केही पौराणिक कथाहरू र विश्वासहरू छन्। पौराणिक मान्यता अनुसार समुद्र मन्थनका क्रममा देवता र दानवबीच विवाद हुँदा त्यसको समाधान गर्न मोहिनी एकादशीका दिन भगवान विष्णुले मोहिनीको रूप धारण गरेका थिए । यसपछि उनले देवता र दानवहरूलाई अलग-अलग लाइनमा उभिन भने तर असुरहरूले आफैलाई धोका दिए र देवताहरूको लाइनमा उभिएर अमृत पिए।  यही कारणले गर्दा सूर्य ग्रहण लागेको हो ।

कस्तो अवस्थामा सूर्य ग्रहण लाग्दछ 

सूर्य ग्रहणलाई खगोलीय घटना मानिन्छ। धार्मिक दृष्टिकोणले ग्रहणलाई शुभ मानिँदैन । सूर्य ग्रहण यस्तो अवस्थामा लाग्छ तब  चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्छ। यस्तो अवस्थामा सूर्यको किरण पृथ्वीमा पुग्दैन र यसलाई सूर्य ग्रहण वा पूर्ण सूर्य  ग्रहण भनिन्छ। अर्कोतर्फ, जब चन्द्रमाले सूर्यको केही भाग मात्र ढाकेको हुन्छ, त्यसलाई आंशिक सूर्य ग्रहण भनिन्छ र जब चन्द्रमाले सूर्यको मध्य भागलाई ढाकेको हुन्छ, यो अवस्थालाई वलयाकार सूर्य ग्रहण भनिन्छ।

भोलि लाग्दैछ वर्षको पहिलो सूर्य ग्रहण 

सय वर्ष  कुल ४ वटा ग्रहण लाग्ने भएका छन् । जसमा पहिलो ग्रहण ३० अप्रिलको राती लाग्दैछ । जुन आंशिक सूर्य ग्रहण हुनेछ। यो ग्रहण नेपालबाट नदेखिने भए पनि सबै राशिका मानिसको जीवनमा शुभ -अशुभ असर पर्ने देखिन्छ । ग्रहणको समयमा गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्नेछ। नेपालमा सुतक ग्रहण अवधि मान्य हुनेछैन।

सूर्य ग्रहणको समयमा गर्नुहोस् यस्ता मन्त्रको जप 

सूर्य ग्रहणको नराम्रो प्रभावबाट बच्न  सूर्य ग्रहणको समयमा सूर्य देवको पूजा गर्नु अति उपयुक्त मानिन्छ । सूर्य  ग्रहणको समयमा यो मन्त्रको जप गर्नु विशेष फलदायी मानिन्छ – “ओम आदित्य विदमहे दिवाकरै धीमहि तन्नो: सूर्य: प्रचोदयात”।

सूर्य ग्रहणको समयमा ३ राशि रहनुहोस् सावधान

मेष, सिंह र मकर राशिका व्यक्तिहरूले सूर्य ग्रहणको समयमा सावधानी अपनाउनुपर्छ। स्वास्थ्यमा समस्या आउन सक्छ । पारिवारिक जीवनमा मनमुटाव हुन सक्छ। आर्थिक स्थितिमा उतारचढाव आउन सक्छ। समग्रमा यी राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ।

सूर्य ग्रहणको समयमा यी राशिलाई हुनेछ शुभ 

 भोलि हुने सूर्य ग्रहणबाट ३ राशिका व्यक्तिलाई लाभ मिल्ने भएको छ । यी राशिहरु मिथुन, कन्या र कुम्भ हुन् । यस राशिका व्यक्तिहरुको आर्थिक स्थितिमा सुधार आउनेछ । धन प्राप्तिको प्रबल सम्भावना छ । स्वास्थ्यमा क्रमश: सुधार हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।  हिम्मत र पराक्रम बढ्नेछ ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेठ ३ गतेसम्म ३ राशिका लागि खतरानक हुनेछ शनि-मङ्गलको संयोग