‘मे’ महिनामा ४ ग्रहका राशि परिवर्तन, यी ३ राशि हुनेछन् रातारात मालामाल

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहहरुका राशि परिवर्तन हुँदा त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्छ। मे महिनामा ४ ग्रहले आफ्नो चाल परिवर्तन गर्दैछ। ग्रहहरुका राजा सूर्यदेव १५ मे(जेठ १ गते) शुक्रदेवको स्वराशि वृषमा गोचर गर्नेछ। त्यसपछि १७ मेमा मङ्गल मीन राशिमा प्रवेश गर्नेछ। साथै मे २३ तारिखमा शुक्र मेष राशिमा प्रवेश गर्नेछ। जबकि मे १० मा बुध प्रतिगामी हुनेछ। त्यसैले यी ४ ग्रहको गोचरले सबै राशिलाई असर गर्नेछ। तर ३ राशिलाई सर्वाधिक लाभ हुनेछ। जान्नुहोस्, ती ३ राशिका बारेमा…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि ग्रहहरुका राशि परिवर्तन शुभ साबित हुनेछ। किनकी यो महिना यस राशिको प्रथम भावबाट निक्लिएर द्वितीय भावमा गोचर गर्नेछ। जसलाई धन र वाणीको भाव भनिन्छ। तसर्थ, यस समयमा तपाईले अचानक धनलाभ गर्नुहुनेछ। साथै रोकिएको धन फिर्ता हुन् सक्छ। पैतृक सम्पत्तिबाट पनि लाभ हुनेछ।

त्यस्तै शुक्रदेव तपाईको प्रथम भावमा हुनेछ। त्यसैले यस समयमा धेरै समस्याबाट निजात पाउनुहुनेछ। शुक्रदेवको दृष्टि तपाईको सातौँ भावमा पर्नेछ, यसकारण यस समय तपाईले जीवनसाथीको पूरा सहयोग प्राप्त गर्नुहुनेछ। यसका साथै जीवनसाथीसँगको सम्बन्धमा मधुरता आउनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि ग्रहहरुका चाल परिवर्तन लाभदायी साबित हुन् सक्छ। किनकी सूर्यदेवको गोचर तपाईको कुण्डलीबाट दशम भावमा हुनेछ। जसलाई जागिर र कार्यक्षेत्रको भाव भनिन्छ। तसर्थ यस अवधिमा तपाईले नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। कतै जागिर गर्दै हुनुहुन्छ भने तपाईको आकर्षक तलब वृद्दिसँगै बढुवा हुन् सक्छ।

शुक्र ग्रहको गोचर तपाईको राशिबाट नवम भावमा हुनेछ। यसकारण यस अवधिमा तपाईलाई भाग्यले पूरा साथ दिनेछ। साथै धार्मिक र आध्यात्मिक गतिविधिमा तपाईको रुचि बढ्नेछ। यस अवधिमा व्यापार व्यवसायमा राम्रो मुनाफा हुने सङ्केत देखिन्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मे महिनामा कर्कट राशिका मानिसहरुका जीवनमा धेरै सकारात्मक परिवर्तनहरु आउनेछन्। यो महिना सूर्य र बुधको स्थितिका कारण तपाईले धेरै श्रोतबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ। सरकारी क्षेत्रमा कार्यरत हुनुहुन्छ भने तपाईको बढुवा हुन् सक्छ। जागिरको खोजीमा रहेका जातकले आफ्नो योग्यता अनुसारको जागिर पाउनेछन्।

यस अवधिमा व्यापारमा कुनै ठूलो सम्झौता हुन् सक्छ। जुन भविष्यमा तपाईका लागि फाइदाजनक हुन सक्छ। कर्कट राशिको स्वामी चन्द्रदेव हुन् र ज्योतिष शास्त्र अनुसार चन्द्रदेवको सूर्यदेव र बुधदेवसँग मित्रताको भाव छ। तसर्थ, यी ग्रहहरुका गोचर तपाईको लागि लाभप्रद साबित हुन् सक्छ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनैश्चरी अमावस्याको दिन सूर्य ग्रहण, विगत १०० वर्षमा पनि बनेको थिएन यस्तो योग !