काठमाडौँ : करिब ३० वर्षपछि शनि मकर राशिबाट निस्किएर बैशाख १६ गते(२९ अप्रिल सन् २०२२) शुक्रबार कुम्भ राशिमा गोचर गर्दैछ। यो वर्ष मीन राशिमा शनिको साढेसाती सुरु हुँदा कठिनाई बढ्नेछ जबकि धनु राशिमा साढेसाती समाप्त हुन्छ। जसकारण मकर र कुम्भ राशिका जातकले राहत महसुस गर्नेछन्। अर्कोतर्फ मिथुन र तुला राशिको लागि शनिको ढैय्या समाप्त हुनेछ भने कर्कट र वृश्चिक राशिमा सुरु हुनेछ।
७ राशिमा शनिको प्रभाव : –
शनि कुम्भ राशिमा प्रवेश गर्दा ६ राशिका जीवनमा बदलाव आउनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
शनि मेष राशिको ११ औँ भावमा गोचर गर्नेछ। यसले तपाईको आय बढाउने सम्भावना छ। नोकरी वा व्यापारमा सकारात्मक परिणाम मिल्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शनि वृष राशिको १० औँ भावमा गोचर गर्नेछ। यस अवधिमा कार्यस्थलमा सकारात्मक परिणाम प्राप्त हुनेछ। नोकरी तथा व्यवसायमा धन लाभ हुनेछ। नयाँ कामको प्रस्ताव पनि पाउनुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
शनि मिथुन राशिको ९ औं भावमा गोचर गर्नेछ। यस अवधिमा तपाईलाई भाग्यले साथ दिनेछ। तपाई हरेक कममा सफल हुनुहुनेछ। यो गोचर तपाईको लागि अत्यन्तै शुभ हुनेछ। आकस्मिक आर्थिक लाभ हुनेछ। मिथुन राशिका मानिसहरुले शनिको ढैय्याबाट मुक्ति पाउनेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
शनिको गोचर शुभ रहनेछ। विद्यार्थीहरूका लागि सकारात्मक समय देखिन्छ। काममा धेरै राम्रा अवसरहरु प्राप्त गर्नुहुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। मनले चाहेको काम पाउनुहुनेछ। यस अवधिमा तपाईले एक राम्रो सम्झौता गर्न सक्षम हुनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
शनि धनु राशिको तेस्रो भावमा गोचर गर्नेछ। शनि गोचरसँगै तपाईले शनिको साढेसातीबाट पनि मुक्ति पाउनुहुनेछ। लगानीबाट लाभ पाउनुहुनेछ र धनको बचत पनि हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
अहिले कुम्भ राशिमा गुरुको कृपा भएको कारण शनिदेव खासै प्रभावकारी हुनेछैन्। यदि तपाईको कर्म राम्रो छ भने शनि तपाईको लागि लाभदायक साबित हुन सक्छ।