शनि कुम्भ राशिमा : धनु राशिलाई हुनेछ सुखद् भने मीन राशिलाई बढ्नेछ कठिनाई

काठमाडौँ : शनि बैशाख १६ गते(अप्रिल २९ तारिख) शुक्रबार कुम्भ राशिमा प्रवेश गर्दैछ। त्यसपछि जेठ २२ गते(जुन ५) आइतबार मकर राशिमा जानेछ र यहीँ माघ ३ गते(सन् २०२३ जनवरी १७ तारिख) सम्म रहनेछ। शनिको राशि परिवर्तनले कुम्भ राशिका व्यक्तिहरुलाई प्रभावित पार्नेछ। शनिको राशि परिवर्तनले मीन राशिका जातकमा साढेसाती सुरु हुन्छ। जबकि पछिल्लो सात वर्षदेखि पीडित धनु राशिका जातकले सुखै-सुख पाउनेछ।

धनु राशिका व्यक्तिहरुलाई भाग्यले साथ दिनेछ। तपाईको सकारात्मक ऊर्जा बढ्नेछ। आत्मविश्वास कम हुँदा भएको सफलताको कमीलाई तत्कालै हुने सफलताले परिपूर्ति गर्नेछ। तपाईले आर्थिक समृद्धि प्राप्त गर्नुका साथै बिग्रँदै गएको सम्बन्धमा पनि सुधार आउनेछ।

वैवाहिक जीवनमा आइरहेको बाधाको हल निस्कनेछ। यहीँ वर्ष सुयोग्य वरबधुबाट वैवाहिक सम्बन्धको प्रस्ताव आउनेछ। समग्रमा तपाईका लागि समय अत्यन्तै अनुकूल रहेको छ।

मकर राशिका जातकले व्यावसायिक रूपमा अवसर नै अवसर प्राप्त गर्नेछन्। व्यापार-व्यवसाय गर्दैहुनुहुन्छ भने समय अलि कठिन हुन् सक्छ। तर शेयर बजारमा लगानी गर्नका लागि समय शुभ छ। सम्बन्धमा सुधार आउनेछ।

पुत्र या पुत्री लाभ हुन् सक्छ। आफूभन्दा तल्लो स्तरका मानिसहरुलाई पनि सम्मान दिनुहोस्। कुनै गरिब दीनदुखीलाई सहायता गर्नुहोला। अरुको मन कहिल्यै नदुखाउनुहोस्। समग्रमा अहिले समय ठिकठाक छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिद्दी, महत्वाकांक्षी र मेहनती हुन्छन् यी नामका मानिस, दृढ सङ्कल्प लिई बन्छन् कुबेरझैँ धनी