भारतको चर्चित कमेडियन भारती सिंहले केही समय पहिले छोराको आमा बनेकी छिन् । भारतीले ३ अप्रिलमा बच्चालाई जन्म दिएकी थिइन्, हालै उनले आफ्नो छोराको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । लामो समयदेखि फ्यानहरू भारतीका छोराको एक झलक पाउन आतुर थिए, अन्ततः सबैको प्रतीक्षाको घडी सकियो र कमेडियनले फ्यानलाई छोराको झलक देखाएका छन् ।
उनले सामाजिक सञ्जालमा छोरासँगको तस्बिर सेयर गरेकी छिन्, जसमा भारती छोरालाई माया गरेको देखिन्छ । उनले आफ्नो नवजात छोराको अनुहार नदेखाए पनि सामाजिक सञ्जालमा आफ्नो सानो बच्चाको झलक भने दिएकी छिन् ।
भारती सिंहले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा आफ्नो बच्चाको मनमोहक तस्बिर सार्वजनिक गरिन् जसमा उनले बच्चालाई आफ्नो काखमा लिएको देख्न सकिन्छ।
अहिले भारतीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर केही समय नै भाइरल भएको छ । सार्वजनिक तस्बिरमा भारतीको अनुहारमा आमाको चमक प्रस्ट देखिन्छ । विवाहको भएको चार वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेकी भारतीले सन्तान जन्माएको १२ दिनपछि पुनः काममा फर्केकी थिइन् ।