काठमाडौँ : शुक्र ग्रह बैशाख १४ गते(अप्रिल २७ तारिख) बुधबार कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दैछ। यो गोचरले सबै राशिमा शुभ र अशुभ प्रभाव पार्नेछ। १२ राशिहरुमध्ये ८ राशिलाई यो गोचर सौभाग्यशाली र ४ राशिलाई कष्टदायी साबित हुनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिको लागि यो गोचर शुभ साबित हुनेछ। रोकिएका कामहरु पुरा हुनेछन् र रोकिएको धन पनि प्राप्त हुनेछ। परिवारमा सुख-समृद्धि छाउनेछ। व्यापारी अथवा व्यवसायी हुनुहुन्छ भने लाभको सम्भावना छ। जागिर गर्ने जातकहरुको बढुवा हुने योग देखिन्छ। अविवाहित हुनुहुन्छ भने विवाहको प्रबल योग बनेको छ। घर खरिद-बिक्रीका साथै राम्रो काम बन्नेछ। समग्रमा तपाईको भविष्य उज्ज्वल छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ र यदि कुनै साझेदारीको व्यापार गर्दै हुनुहुन्छ भने त्यसबाट मनग्यै लाभ मिल्नेछ। आर्थिक रुपमा यो समय तपाईको लागि राम्रो रहनेछ। श्रमजीवी वर्गहरुले आफ्नो कामलाई निरन्तरता दिनुहोला। अहिले कतै लगानी नगर्नुहोस्। स्वास्थ्यमा उतारचढाव आउन सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका जातकले थप पराक्रम देखाउनुपर्नेछ। विवाह र यात्राको योग बनिरहेको छ। बेरोजगारहरुले रोजगारीको सुवर्ण अवसर प्राप्त गर्नेछन्। अल्छीपन भगाई आफ्नो सपनाको पछाडी मरिमेटेर लाग्नुहोला किनकी यो समय तपाईको लागि अनुकूल छ। व्यापारी वर्गले कुनै जोखिम नउठाउनुहोला। परिवारमा सुख र समृद्धि बढ्नेछ। आर्थिक रुपमा यो समय राम्रो छ तर यदि कतै लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने बुद्धिमानीपूर्वक गर्नुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
ग्रहको गोचरले तपाईमा शुभ प्रभाव पार्नेछ। करियरमा पदोन्नति हुने सम्भावना छ। कार्यालयमा तपाईको कार्यसम्पादन उत्कृष्ट रहनेछ। व्यापारीहरूका लागि पनि यो समय लाभदायी रहनेछ। समाजमा मान सम्मान मिल्नेछ। धन लगानीका लागि पनि समय राम्रो देखिन्छ। यस अवधिमा स्वास्थ्यसम्बन्धी समस्याले तपाईलाई पिरोल्छ, त्यहीँ भएर सावधान रहनुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
लाभको प्रशस्त अवसर मिल्नेछ। मेहनतको पूरा फल प्राप्त हुनेछ। कार्यालयमा सबैसँग राम्रो सम्बन्ध रहनेछ। बोस तपाईको कामबाट प्रसन्न रहनेछ। जागिरेहरुको यस अवधिमा पदोन्नति वा तलब वृद्धि हुन् सक्छ। पैसा बचतमा ध्यान दिनुहोस्। स्वास्थ्य राम्रो रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
तपाईको आर्थिक स्थिति पहिलेको भन्दा राम्रो हुनेछ। भाग्यले तपाईलाई साथ दिनेछ। हरेक काममा सफलता मिल्ने प्रबल सम्भावना देखिन्छ। पारिवारिक जीवन सुखद् रहनेछ। कार्यस्थलमा मान-सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। कामको व्यस्तताले मानसिक स्वास्थ्य बिगार्न सक्छ। यस अवधिमा तपाई आर्थिक रुपमा मजबूत बन्नुहुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आम्दानीमा वृद्धि हुनेछ। धनागमनका नयाँ-नयाँ श्रोतहरु खुल्नेछन्। तर अनावश्यक विवादमा नपर्नुहोस्, अन्यथा हानि ब्होर्नुपर्नेछ। अत्यधिक खर्च हुनेछ। विवेकपूर्ण तरिकाले खर्च गर्नुहोस्। आम्दानी घट्न सक्छ। कसैसँग झगडा पर्दा बित्थामा तपाईले जरिवाना तिर्नुपर्ने हुन्छ। यसकारण सतर्क रहनुहोस्। स्वास्थ्य अवस्थाले चिन्तित बनाउँछ। चोटपटकको सम्भावना छ। बाटोमा हिड्दा सावधानी अपनाउनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
गोचर वृश्चिक राशिका लागि लाभदायी साबित हुने देखिन्छ। तपाईको मान-सम्मान, पद-प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ। यस समयमा तपाईमा आत्मविश्वासको कमी हुनेछैन। तपाईले हरेक काम अत्यन्तै सरलतापूर्वक पूरा गर्नुहुनेछ। तपाईको ज्ञानमा वृद्धि हुनेछ र केही नयाँ सिक्ने अवसर प्राप्त गर्नुहुनेछ। यस अवधिमा आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
व्यापार तथा जागिरमा लाभ प्राप्त हुने पर्याप्त अवसरहरु मिल्नेछ। जागिर खानेहरुको आम्दानीमा वृद्धि हुनेछ। राम्रो कामको लागि प्रोत्साहन भत्ता पनि प्राप्त गर्नुहुनेछ। धन आर्जनमा सफलता मिल्नेछ। आयको स्थिति पहिलेभन्दा राम्रो हुनेछ। भाग्यले साथ दिनेछ। व्यापारमा राम्रो सम्झौता हुन् सक्छ। व्यापार व्यवसायले गति लिनेछ। जागिर परिवर्तन गर्नका लागि अनुकूल समय रहेको छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
धनागमन हुनेछ। तपाईको प्रयासको उचित फल प्राप्त हुनेछ। लाभका नयाँ अवसरहरु हात पार्नुहुनेछ। सरकारी क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। जागिर गर्नेहरुलाई नाफा कमाउने अवसर प्राप्त हुनेछ। ऋणबाट मुक्ति पाउनुहुनेछ। रोकिएका कामहरु पूरा हुनेछन्। व्यापार व्यवसायमा आकस्मिक लाभ हुनेछ। कामको चाप बढ्नेछ। कार्यालयमा मान सम्मान मिल्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
गोचर अवधिमा प्रचुर धन लाभ हुनेछ। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। तपाईको निर्णय लिने क्षमता बढ्नेछ। प्रेम सम्बन्धका लागि पनि समय अनुकूल रहनेछ। यस अवधिमा कार्यक्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। लगानीका लागि समय राम्रो देखिन्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
गोचरकालमा तपाई आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। काम गर्नेहरुका लागि पनि समय राम्रो रहनेछ। कार्यालयमा तपाईको कार्यसम्पादन उत्कृष्ट रहनेछ। सरकारी जागिरका लागि तयारी गर्नेहरूका लागि पनि समय अनुकूल देखिन्छ। काममा प्रशस्त लाभ मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। तपाईका विगतका रोकिएका कामहरु अहिले पूरा हुनेछन्।