हिन्दू धर्ममा प्रत्येक एकादशी भगवान विष्णुलाई समर्पित गर्ने गरिन्छ । यस दिन मानिसहरू व्रत राख्ने गर्दछन्, यस दिन लक्ष्मी सहित भगवान विष्णु माताको विशेष पूजा गर्छन्। हिन्दू धर्मका अनुसार हरेक महिनामा २ वटा एकादशी पर्दछन् । यी मध्ये केही एकादशीलाई विशेष मानिन्छ । वैशाख महिनाको कृष्ण पक्षको एकादशी पनि यस मध्ये एक हो । यसलाई वरुथिनी एकादशी २०२२ भनिन्छ। यस पटक वरुथिनी एकादशी अप्रिल २६ मंगलबार परेको छ ।
वरुथिनी एकादशीको दिन भगवान विष्णुको वराह स्वरूपको पूजा गरिन्छ । वरुथिनी एकादशीको व्रत बसेर भगवान विष्णुको वराह स्वरूपको पूजा गर्नाले जीवनका सबै दुःख, पाप र कष्टको अन्त्य हुने जनविश्वास रहेको छ । यति मात्र नभई यस दिन गरेका केही उपायले अपार धन प्राप्त हुन्छ र मनोकांक्षा पूरा हुन्छ । वरुथिनी एकादशीमा धन-समृद्धि प्राप्त गर्न र सबै समस्याहरू हटाउने प्रभावकारी उपाय यस प्रकार छन् ।
वरुथिनी एकादशी गर्मी बढ्ने समयमा आउँछ। यस दिन जल र अन्न दान गर्दा धेरै पुण्य प्राप्त हुन्छ। यस दिन पानीले भरिएको भाँडो दान गर्नाले, मन्दिर क्षेत्रमा अन्न दान गर्नाले वा गरिब व्यक्तिलाई खाना दान गर्नाले जीवनका धेरै समस्याहरु हट्नेछन् ।
धेरै धन-सम्पत्ति प्राप्त गर्न वरुथिनी एकादशीमा विधि अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा गरेपछि केसर मिश्रित दूधले अभिषेक गर्नुहोस्। यस उपायले चाँडै तपाईको आर्थिक स्थितिमा सकारात्मक प्रभाव देखिनेछ।
वरुथिनी एकादशीमा व्रत-पूजा गर्नुहोस् र दान गर्नुहोस् साथै घरमा योग्य ब्राह्मणलाई खान खुवाउनुपर्छ । साथै पहेँलो वस्त्र, बेसार, पहेँलो फल आदि दान गर्नुहोस् । यसो गर्दा मनोकामना पूरा हुनेछ।
रोगबाट छुटकारा पाउन वरुथिनी एकादशीमा विष्णु सहस्रनामको पाठ गर्नुहोस् वा योग्य ब्राह्मणबाट गराउनुहोस्। यसो गर्नाले रोगबाट मुक्ति मिल्छ । प्रत्येक एकादशीमा विष्णु सहस्रनामको पाठ गर्नु राम्रो हुन्छ ।