शुक्र देव मानव जीवनको प्रेम, रोमान्स, खुसी, सौन्दर्यको कारक ग्रह हो। जब शुक्र देव राशि परिवर्तन गर्दछन् यसको प्रभव सबै १२ राशिमा पने गर्दछ। २७ अप्रिल २०२२ मा शुक्र ग्रहले राशि परिवर्तन गर्न भएका छन् । यस पाताल शुक्र देवको राशि परिवर्तनको कारण सबै सबै राशिका मानिसमा फरक फरक पर्नेछ। तर ३ राशि भएका व्यक्तिहरु छन्, जसमा शुक्रको राशि परिवर्तनको प्रभाव निकै शुभ रहनेछ । उनीहरुले प्रेम जोडी पाउन सक्छन् साथै विवाह गर्न सक्छन् र धेरै धन प्राप्त हुने सम्भावना छ। कुन कुन हुन् ती ३ राशिहरु ?
कुम्भ राशिमा हुनेछ शुक्रको राशि परिवर्तन
शुक्र २७ अप्रिल २०२२ मा राशि परिवर्तन गरेर मीन राशिमा जानेछन् । शुक्रको गोचर साँझ ६ः०६ बजे हुनेछ। यो गोचर ३ राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ र उनीहरुको जीवनमा धेरै खुशी ल्याउनेछ ।
वृष राशि
शुक्र ग्रहको राशि परिवर्तनले वृष राशिका व्यक्तिको लागि सुखका दिन ल्याउनेछ । यस समयमा वृष राशिका मानिसको आम्दानी बढ्नेछ । धन लाभ हुनेछ । रोकिएको धन प्राप्त हुने प्रबल सम्भावना छ । यस बाहेक यो समय जागिर र व्यापारका लागि पनि राम्रो रहनेछ। मन लागेको काम पाउन सकिनेछ । पदोन्नति हुन सक्छ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। प्रेम साथी भेट्न सकिनेछ । विवाहित व्यक्तिहरुको सम्बन्ध सुमधुर रहनेछ ।
मिथुन राशि
मिथुन राशिका मानिसहरुका लागि शुक्रको राशि परिवर्तन वरदान साबित हुनेछ । यो समय करियरमा सुधार आउनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । पदोन्नति पाउन सकिनेछ । पहिले गरेको मिहिनेतको फल यस समयमा पुरस्कारको रुपमा पाउन सकिन्छ । व्यवसायीलाई लाभ मिल्नेछ । विदेशबाट लाभ मिल्ने सम्भावना छ । विगतमा गरेको लगानीले यस समयमा राम्रो प्रतिफल मिल्नेछ ।
कर्कट राशि
शुक्रको राशि परिवर्तन कर्कट राशिका लागि निकै शुभ साबित हुनेछ। गरेका काममा सफलता मिल्नेछ । कार्यस्थलमा राम्रो वातावरण रहनेछ। पदोन्नति-वृद्धि वा कुनै पुरस्कार प्राप्त हुने सम्भावना छ। लामो दुरीको यात्रामा जान सकिनेछ । यस समयमा विलासीका साधन खरिद गर्न सकिनेछ । जीवनमा सुख-सुविधाको वृद्धिले तपाईलाई खुसी र आराम दिनेछ। व्यक्तिगत जीवनमा खुसी रहनेछ।