दक्षिण भारतको चर्चित फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा रिलिजसँगै अहिले तहल्का मच्चाएको छ । यस चलचित्रलाई देश तथा विदेशमा दर्शकले निकै रुचाएका छन् । साथै यस चलचित्रको कमाइको कुरा गर्दा अहिले सम्मको सबै रेकर्ड तोडेको छ । यस फिल्ममा साउथका चर्चित स्टार यश र बलिउड अभिनेता सञ्जय दत्तको मुख्य भूमिका रहेको छ ।
फिल्ममा यशकी आमाको भूमिका अभिनेत्री अर्चना जोइसले निभाएकी छिन् । ‘केजीएफ २’ मा अर्चना जोइसले यशकी आमाको भूमिका निभाएकी थिइन् । यस फिल्ममा यशकी आमाको भूमिकालाई पनि दर्शकले निकै रुचाएका छन् ।
अर्चनाले आफ्नो अभिनयले लगभग सबैको मन जितेकी छिन् । उनको भूमिकाको निकै तारिफ पनि भइरहेको छ । चलचित्रमा यशको आमाको भूमिका निभाउने अर्चना जोइस सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
यशको आमाको भूमिका निभाएकी अभिनेत्री अर्चना अनस्क्रिन छोरा यशभन्दा ९ वर्ष कान्छी छिन् । अर्चना अभिनेत्री हुनुका साथै उनी तालिम प्राप्त कथक डान्सर पनि हुन् । उनको डान्सका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भइरहेका छन् ।
अर्चना विवाहित हुन् र उनको पतिको नाम श्रेयस उथप्पा हो, अर्चना जोइस केजीएफ भन्दा पहिले पनि अन्य फिल्ममा देखि सकेकी छिन्। तर ‘केजीएफ’ उनको करियरमा नै परिवर्तन गर्ने फिल्म साबित भएको छ । ‘केजीएफ’ फिल्मको सफलतापछि यो फिल्ममा काम गर्ने सबै स्टारको माग निकै बढेको छ ।