२०७९ सालको पहिलो सूर्यग्रहण : कहिले लाग्दैछ, सूतक काल लाग्छ कि लाग्दैन् ?

काठमाडौँ : सूर्य र पृथ्वीबीच चन्द्रमा आउँदा सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन्, त्यस अवस्थालाई नै सूर्यग्रहण भनिन्छ। यदि चन्द्रमाले सूर्यलाई पूर्ण रुपमा छेकेमा त्यस अवस्थालाई पूर्ण सूर्य ग्रहण भनिन्छ भने सूर्यलाई चन्द्रमाले आंशिक रुपमा छेकेमा त्यसलाई आंशिक सूर्य ग्रहण भनिन्छ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार सूर्यग्रहण लाग्दा त्यसको प्रभाव सम्पूर्ण धर्तीमा पर्छ। यो वर्षको पहिलो सूर्यग्रहण आंशिक सूर्य ग्रहण हो।

कति गते लाग्दैछ सूर्य ग्रहण : – वर्षको पहिलो सूर्यग्रहण बैशाख १७ गते शनिबार मातातीर्थ औँसीको दिन लाग्दैछ।

सूर्य ग्रहण कति बजे लाग्नेछ : – नेपाली समय अनुसार सूर्यग्रहण बैशाख १७ गते राति १२ बजेर ३० मिनेटबाट प्रारम्भ भई ४ बजेर २२ मिनेटमा समाप्त हुनेछ।

सूर्य कहाँ-कहाँबाट देखिनेछ : – दक्षिण अमेरिकाको दक्षिण-पश्चिमी भाग, प्रशान्त महासागर, एट्लान्टिक र अन्टार्कटिक महासागर क्षेत्र।

कुन राशिमा लाग्ने यो सूर्यग्रहण :- यो ग्रहण वृष राशिमा लाग्नेछ।

यो ग्रहणले कुन-कुन राशिलाई प्रभाव पार्नेछ : – मेष, सिंह र धनु। यो ग्रहण तीनवटै राशिका लागि शुभ छ।

सूतक काल : – यो सूर्यग्रहण देखिने ठाउँमा मात्र सूतक काल मान्य हुनेछ। परन्तु ज्योतिषीय मान्यता अनुसार आंशिक सूर्य ग्रहणमा सूतककाल पालना गर्नु अनिवार्य छैन। यो सूर्यग्रहण नेपालमा देखिनेछैन्। यसकारण नेपालमा यो सूर्यग्रहणको धार्मिक प्रभाव र सूतक मान्य हुँदैन्। सामान्यतया: सूतक काल ग्रहण लाग्नुभन्दा ठीक १२ घण्टा अगाडी लाग्छ। यद्यपि जो नेपाली विदेशमा ग्रहण लाग्ने ठाउँमा बसोबास गरिरहेका छन् तिनले सूतक काल पालना गर्नुपर्नेछ।

दोस्रो सूर्यग्रहण : – कार्तिक ८ गते मङ्गलबार कार्तिक कृष्णपक्षको औँसीको दिन आंशिक सूर्यग्रहण लाग्नेछ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाउजु लगाउँदा बेजोड लाभ : हड्डीको मजबूतिदेखि खुट्टाको दुखाईका लागि रामबाण