बैशाख ३१ गतेसम्म ४ राशिमा सूर्यदेवको विशेष कृपा, हुनेछ ‘दिन दोगुणा रात चौगुणा’ प्रगति

काठमाडौँ : ज्योतिष शास्त्रमा सूर्यदेवलाई विशेष स्थान दिईएको छ। सूर्यदेवलाई सबै ग्रहहरुका राजा मानिन्छ। सूर्य शुभ हुँदा व्यक्तिको भाग्योदय हुन्छ। अहिले सूर्यदेव मेष राशिमा विराजमान छ। सूर्यले हरेक महिना राशि परिवर्तन गर्दछ। ज्योतिष शास्त्र अनुसार सूर्यले मेष राशिमा बसेर केही राशिका लागि विशेष कृपा गरिरहेको छ। सूर्य बैशाख ३१ गते(१४ मे) शनिबारसम्म मेष राशिमा रहनेछ। जेठ १ गते ज्येष्ठ संक्रान्तिको दिन सूर्य वृष राशिमा प्रवेश गर्नेछ। सूर्य मेष राशिमा हुँदा कुन-कुन राशिले विशेष कृपादृष्टि प्राप्त गर्नेछन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सम्पत्तिबाट आयमा वृद्धि हुनेछ। आमाबाट आर्थिक सहयोग प्राप्त गर्नुहुनेछ। कला र सङ्गीतप्रति रुचि बढ्नेछ। जागिरमा ठाउँ सरुवा हुने सम्भावना छ। आयश्रोत बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। नोकरीमा बढुवाको सम्भावना बनेको छ। काममा वरिष्ठ अधिकारीको साथ एवं सहयोग पाउनुहुनेछ। वाहन सुख प्राप्त हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन्। सन्तान सुखमा वृद्धि हुनेछ। उच्च शिक्षा एवं अनुसन्धानका लागि विदेश यात्राको सम्भावना छ। जागिर परिवर्तनको लागि समय अनुकूल रहेको छ। मनमा शान्ति र प्रसन्नताको भाव रहनेछ। तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा आमा र वृद्ध महिलाबाट धन प्राप्तिको सम्भावना छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आवास निर्माण कार्य सुरुवात गर्नुहुनेछ। मातापिताको सहयोग पाउनुहुनेछ। वस्त्र एवं शारीरिक सुन्दरतामा विशेष ध्यान जानेछ। पठनपाठनमा रुचि बढ्नेछ। शैक्षिक कार्यको सुखद् परिणाम मिल्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ। काममा उन्नतिको सम्भावना छ। घरमा धार्मिक कार्य हुनसक्छ। धार्मिक यात्रामा जाने योग पनि बनिरहेको छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा शान्ति र प्रसन्नताको भाव रहनेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। नोकरीमा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ र साथै सरुवा हुन् सक्छ। वस्त्रप्रति तपाईको रुझान बढ्नेछ। प्रगतिको बाटो खुल्नेछ। आयमा वृद्धि हुनेछ। धन सञ्चिती बढ्नेछ तर अन्य ठाउँमा बसाईसराई गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुनेछ। साथीभाईको सहयोग पाउनुहुनेछ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय तृतीयाको दिन ५० वर्षपछि ग्रहहरुका महासंयोग : थाहा पाईराख्नुस् तिथि, शुभ मुहूर्त र महत्व