काठमाडौँ : ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहलाई निकै शुभ मानिन्छ। मानव जीवनमा शुक्र सुख-समृद्धि, रचनात्मकता, विवाह, प्रेम र जोशको कारक हो। शुक्र ग्रह बैशाख १४ गते(२७ अप्रिल) मा मीन राशिमा प्रवेश गर्दैछ। शुक्रको यो गोचरले थुप्रै राशिहरुमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। राशि चक्रमा मीन अन्तिम राशि हो, जसले विदेशी लाभ, सङ्घ र व्ययलाई दर्शाउँछ। मीन राशिमा शुक्रको गोचरले तपाईलाई आध्यात्मिकतातर्फ आकर्षित गराउनेछ र तपाईको ज्ञानमा वृद्धि गराउनेछ। शुक्रको मीन राशिमा गोचरले कुन-कुन राशिलाई धन लाभको योग बन्नेछ त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मीन राशिमा शुक्रको गोचर तपाईको लागि व्यापारिक एवं व्यवसायिक दृष्टिकोणले फलदायी साबित हुनेछ। जागिर गर्नेहरुका बढुवा एवं तलब वृद्धिको पनि योग बन्नेछ। यस अवधिमा व्यापारीहरूले विदेशसँग सम्बन्धित केही राम्रा प्रस्तावहरू प्राप्त गर्न सक्छन्। जीवनसाथीसँग तपाईको सम्बन्ध थप मजबूत हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शुक्रको गोचरको कारण वृष राशिका जातकमा कार्यक्षेत्रसँग सम्बन्धित इच्छा र महत्वाकांक्षा अत्यधिक हुनेछ। तपाई आफ्नो करियरका लक्ष्यहरु पूरा गर्न सफल हुनुहुनेछ। आर्थिक रुपमा पनि समय निकै अनुकूल रहेको छ। श्रमिकको तलब वृद्धि, कार्यस्थलमा पदोन्नति र राम्रो लगानीको आशा गर्न सकिन्छ। व्यवसायीले पनि यस अवधिमा राम्रो मुनाफा कमाउनेछन्। लामो समयदेखि कुनै रोगबाट पीडित हुनुहुन्छ भने शुक्रदेवको कृपाले यस अवधिमा तपाई निको हुनुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि शुक्र गोचरले राम्रो धनलाभको योग बनाउँछ। यसबाहेक यस अवधिमा तपाईले पहिले गर्नुभएको लगानीबाट पनि आकर्षक मात्रामा नाफा कमाउनुहुनेछ। यस अवधिमा व्यक्तिगत जीवनमा पनि सकारात्मकता आउनेछ। यसबाहेक धेरै मानिसहरुका लागि यो गोचरले नयाँ जागिरको अवसरसँगै बढुवा, पुरस्कार र प्रशंसा प्रदान गर्नेछ। यस गोचर कालमा तपाईले आफ्नो कार्यक्षेत्रमा बुद्धिमानीपूर्वक काम गर्नुहोला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यस गोचरकालमा तपाईले आफ्नो कार्यक्षेत्रमा अनुकूल प्रभाव देख्नुहुनेछ। तपाईको रचनात्मक क्षमतामा वृद्धि हुनुका साथै तपाईको ज्ञानमा पनि वृद्धि हुनेछ। जसकारण श्रमिक वर्गहरुलाई तलब वृद्धि या बढुवाको योग बन्नेछ। आर्थिक रुपमा यो अवधि तपाईको लागि सकारात्मक रहनेछ। यस अवधिमा तपाईको ध्यान धेरैजसो चल-अचल सम्पत्ति जोड्नमै जानेछ। व्यापारी वर्गले राम्रो लाभ हासिल गर्नेछन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
शुक्र ग्रहको यो गोचरले धनु राशिका मानिसहरूलाई राम्रो प्रभाव पार्नेछ। तपाईको करियर प्रगतिपथतर्फ लम्किनेछ। श्रमजीवी वर्गले पनि यस अवधिमा मिहिनेतपूर्वक काम गरी सकारात्मक परिणाम दिनेछन्। नयाँ वाहन खरिद गर्ने योजना बन्न सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो गोचर कालमा तपाई निरन्तर अगाडी बढ्नुहुनेछ। तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ। तपाईले आफ्नो करियरमा राम्रो प्रगति गर्नुहुनेछ। दीर्घकालीन लाभको लागि पैसा लगानी गर्न यो समयावधि सर्वोत्तम रहेको छ। पितासँगको सम्बन्ध पहिलेभन्दा मजबूत हुनेछ।