ज्योतिष शास्त्रमा शुक्र र बृहस्पतिलाई निकै महत्त्वपूर्ण ग्रह मानिन्छ किनभने शुक्र धनदाता हुन् भने बृहस्पति ग्रह भाग्यदाता ग्रह हो। अब यी दुवै शुभ ग्रहको मिलन हुने भएको छ । यस दुई राशिको मिलनको शुभ प्रभाव ३ राशिका मानिसहरुमा देखिने भएको छ । यो शुभ योग मीन राशिमा हुनेछ। अप्रिल २७ मा शुक्र मीन राशिमा प्रवेश गर्नेछ भने बृहस्पति पहिले देखि नै मीन राशिमा उपस्थित थिए । यो संयोग २३ मे सम्मा हुनेछ र तब सम्म यी ३ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । कुन-कुन ?
वृष राशि
वृष राशिका लागि शुक्र–बृहस्पतिको संयोगले आम्दानीमा वृद्धि हुनेछ । आम्दानीमा भएको वृद्धिले आर्थिक अवस्था मजबुत हुनेछ । ऋणबाट मुक्ति मिल्नेछ । करियरमा सफलता मिल्नेछ । ल:क्जरी जीवनको आनन्द लिन सक्नु हुनेछ ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरुलाई यो संयोगले करियरमा प्रगति हुनेछ । नयाँ काम पाउन सकिनेछ । पदोन्नति हुनुको साथै आयमा वृद्धि हुन सक्छ। व्यापारीहरुले नाफा कमाउनेछन् । उच्चा अधिकारीबाट कामको प्रशंसा सुनिनेछ।
कर्कट राशि
कर्कट राशिका लागि बृहस्पति र शुक्रको संयोगले विदेश यात्राको अवसर मिल्नेछ साथै विदेशबाट पनि धन आर्जन गर्न सकिनेछ । आम्दानी बढ्ने प्रबल सम्भावना छ । परीक्षा-अन्तर्वार्तामा सहभागी हुन जानेहरूले सफलता पाउनेछन्।