साउथ सुपरस्टार यशको फिल्म केजीएफः च्याप्टर २ रिलिज भएदेखि नै चर्चामा रहेको छ । अहिले फिल्मको कमाई जुन गतिले बढिरहेको छ, यस फिल्मको कमाइको आगाडी ‘आरआरआर’ को कमाइ पनि फिक्का भएको छ । ‘आरआरआर’ ले केही दिनअघि मात्रै १००० करोडको कमाई पूरा गरे पनि फिल्मको कमाई अहिले पनि रोकिने नाम लिइरहेको छैन ।
केजीएफले ४ दिनमा करिब ५५२ करोड कमाएको छ । फिल्मले पहिलो दिन १६५.३७ करोड कमाएको थियो । फिल्मले दोस्रो दिन १३९.२५ करोड कमाएको थियो । तेस्रो दिन केजीएफ २ को कमाईमा केही कमी आएको थियो र फिल्मले ११५.०८ करोड कमाएको थियो।
योसँगै विश्वभर फिल्मले चौथो दिन अर्थात् आइतबार १३२.१३ करोड कमाएको छ । यस हिसाबले फिल्मले ४ दिनमा ५५१.८३ करोड कमाएको छ ।
अहिले भारतीय चलचित्रसँग भिडेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज भएको थियो । अहिले केही सञ्चार मध्यममा सार्वजनिक खबर अनुसार नेपाली चलचित्रले पनि गत ४ दिनमा २।३ करोड कमाइ गरेको छ ।