मीन राशिलाई कस्तो रहला नयाँ वर्ष २०७९, हेर्नुहोस् मीन राशिको वार्षिक राशिफल !

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशि हुनेहरूका लागि यो वर्ष राम्रै फल मिल्नेछ। आफन्तको पूर्ण साथ सहयोगको आशा गर्न सकिन्छ। यस वर्ष चोटपटकको भय रहँदा विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलता मिल्ने पनि देखिन्छ।

यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ। जग्गा जमिनको कारोबारबाट चमत्कारी लाभ मिल्नेछ। सेयर बजारबाट पनि राम्रो आम्दानी हुनेछ। आर्थिक दृष्टिले जेठ, भाद्र, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ।

प्रेम र मित्रताको बन्धन सामान्य रहनेछ। पुराना मित्रसँग गोपनीय ढंगले सामीप्यता बढ्नेछ। दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ। वाणीमा संयम राख्न आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ।

विज्ञान र सामाजिक विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो नरहला, अत: विद्यामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ।

यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता प्राप्त गर्नेछ। वैदेशिक रोजगार भने सामान्य नै रहला। मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ।

यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ। त्यसैले खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु आवश्यक हुनेछ। नासा तथा प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ६ गतेको राशिफल : मङ्गलबार यी राशिका फलिफाप हुने योग छ, हुनेछ मनग्यै लाभ