२०७९ सालभर मीन राशिमा गोचर गर्नेछ बृहस्पति, १२ राशिका भाग्यमा पर्नेछ प्रतिकूल प्रभाव

काठमाडौँ : ज्ञान, विवेक, शुभ कर्म, वैवाहिक कार्य, उच्च शिक्षा, धन, सुख प्रदाता बृहस्पति ग्रहले चैत ३० गते(अप्रिल १३ तारिख) बुधबार मीन राशिमा गरेको थियो। बृहस्पति एक वर्षसम्म मीन राशिमै गोचर गर्नेछ। यद्यपि यसैबीच कुल ११९ दिनसम्म बृहस्पति मीन राशिमा नै वक्री हुनेछ। यो वर्षभरी बृहस्पति उदय अवस्थामा रहनेछ। त्यसपछि अर्को वर्षमात्र अस्ताउनेछ। यस अवधिमा विवाह लगायतका माङ्गलिक कार्यहरू गर्न सकिनेछैन्।

मीन राशिमा गोचर गरिरहेको बृहस्पतिको राशिहरुमा प्रभाव : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – अपव्यय, मानसिक एवं शारीरिक कष्ट, आफन्तजनबाट विरोध, यात्रामा कष्ट।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – पद-प्रतिष्ठामा वृद्धि, धन लाभ, सन्तान सुख, व्यवसायमा प्रगति।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – स्थान परिवर्तन, कुटुम्बसँग क्लेष, अपव्यय, मङ्गल कार्यमा व्यय।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – श्रेष्ठप्रद, भाग्योदय, धन लाभ, भौतिक सुखमा वृद्धि, धार्मिक कार्यमा वृद्धि, पद-प्रतिष्ठा प्राप्त।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – धन हानि, भाग्यको प्रतिकूलता, शारीरिक रोग, पीडा, आफन्तजनसँग मतभेद, विरोध।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – व्यवसायमा सफलता, दाम्पत्य सुख, धन लाभ, यात्रा, साझेदारीका कार्यमा सफलता।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – शारीरिक पीडा, शत्रु नाश, ऋण मुक्ति, व्यय, सन्ततिको चिन्ता, आफन्तजनको विरोध।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – सन्तान सुख, धन प्राप्ति, विद्यामा सफलता, माङ्गलिक कार्यमा व्यय, सम्मान।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – कार्यमा बाधा, मातालाई कष्ट, अप्रिय प्रसङ्ग, मित्रबाट लाभ, धन प्राप्ति।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – माङ्गलिक कार्य, सन्तानलाई कष्ट, यात्रामा बाधा, मित्रहरुसँग मतभेद, धन लाभ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – धनलाभ, सम्मानमा वृद्धि, सुख प्राप्ति, शान्तिप्रद, शिक्षामा सफलता, श्रेष्ठपद प्राप्ति।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – कार्यमा उन्नति, यात्राबाट लाभ, आर्थिक उन्नति, पद-प्रतिष्ठा, सम्मानको प्राप्ति।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ५ गते सोमबारको पञ्चाङ, जान्नुहोस् कस्तो हुनेछ आजको दिन !