चर्चित सिरियल ‘सक्किगोनी’ साथै विभिन्न म्युजिक भिडियो मार्फत चर्चामा आउन सफल मोडल तथा कलाकार प्रियना आचार्य पछिल्लो समय अभिनयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । ‘सक्कीगोनी’ मा मुन्नीको नामले परिचित प्रियनालाई अहिले कुनै परिचयको आवस्यक छैन ।
केही समय पहिले प्रियनाले एक डान्स रियालिटी शोमा भाग लिएकी थिइन्, जसमा उनी नेपाल आइडलको पहिलो सिजनको विजेता बुद्ध लामाको साथमा देखिएकी थिइन् । त्यस समयमा पनि उनको डान्सको निकै तारिफ भएको थियो ।
त्यस्तै अहिले भ्यालेन्टाइन को अवसर प्रियना अभिनीत एक म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । प्रियना अभिनीत ‘माया’ बोलको गीत भोलि सार्वजनिक हुने भएको छ ।
अहिले प्रियनाले सार्वजनिक गरेको तस्बिर मा उनका फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।