यस राशिका बच्चा-बच्चीमा हुन्छ जित्ने जोश, सधैँ हुन्छन् पहिलो नम्बरमा !

ज्योतिष शास्त्रका अनुसार हरेक राशिका मानिसमा फरक-फरक विशेषता हुने गर्दछ । केही राशिका मानिसहरु धेरै इमानदार हुन्छन् भने कोही धेरै बुद्धिमान हुन्छन् । त्यस्तै गाउन र बजाउन रुचि राख्छन् भने कोही खेलकुदमा अगाडि छन् । साथै केही राशिका बच्चाहरु घर भित्रको कम गर्न  रुचि राख्ने हुन्छन्। त्यस्तै केही बच्चा खेलकुददेखि पढाइमा पनि पहिलो आउँछन् । आउनुहोस्  जान्नुहोस् ती राशिका जो सधैँ अग्रस्थानमा हुन्छन्  ।

मेष राशि

यस राशिका बच्चाहरु धेरै तेजस्वी हुन्छन्।यस राशिका बच्चाले सानै उमेरमा पहिचान बनाउने सपना देख्छन् । यसका लागि उनीहरु दिनरात मिहनत गर्छन् । त्यस्तै यिनीहरु निडर र साहसी पनि हुन्छन्। यस राशिका बच्चा कुनै पनि कुरामा जित्नको लागि कडा मेहनत गर्छन्।

वृष राशि

ज्योतिष शास्त्र अनुसार वृष राशिका बच्चाको मनोबल उच्च हुने गर्दछ । जुनसुकै काम पनि निर्णय गरेपछि  त्यसलाई पूरा गरेर छोड्ने स्वभावका हुन्छन् । उनीहरु हरेक कुरामा शीर्ष स्थानमा आउन रुचाउँछन् । त्यस्तै यस राशिका बच्चामा  प्रतिस्पर्धाको भावना धेरै हुन्छ। यसको साथै  यस राशिका बच्चा चाँडै कसैसँग हार मान्दैनन्।

तुला राशि

तुला राशिका बच्चा-बच्ची धेरै तेज दिमागका हुन्छन्। त्यस्तै यस राशिका बच्चाको बौद्धिकता पनि धेरै हुन्छ। हरेक काममा मेहनत गर्ने स्वभावका हुन्छन्। यसका साथै आफूले निर्णय गरेको काममा सफलता आएर छोड्ने स्वभावक हुन्छन् । यति मात्र होइन यस राशिका बच्चा प्रतिस्पर्धात्मक गुणले भरिपूर्ण हुन्छन् र दिनरात एक भएर सफलता हासिल गर्छन्।

वृश्चिक राशि

वृश्चिक राशिका बच्चाहरु धेरै बुद्धिमान हुन्छन्। यस राशिका मानिस शरीर र दिमागी दुवैमा बलियो हुन्छन्। यो राशिका बच्चा-बच्चीको लागि कुनै पनि काम असम्भव हुँदैन । साथै तिनीहरू छिट्टै हार मान्दैनन्। यसबाहेक राशिका बच्चा-बच्ची काममा शीर्ष स्थानमा  आउन कडा मेहनत गर्छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि हनुमान जन्मोत्सवमा परेको छ विशेष संयोग, धन लाभको लागि गर्नुहोस् यस्ता उपाय !