पहिलो दिनमा नै ‘केजीएफ २’ को उत्कृष्ट प्रदर्शन, पहिलो दिनको कमाइ १४२ करोड भन्दा बढी !

अहिले बैशाख १ गते बाट एक साथमा भारतीय चलचित्र ‘केजीएफ २’ र नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ एक साथमा प्रदर्शनमा आएको छ । अहिले दुवै चलचित्रले नेपालमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भने नेपालमा नेपाली चलचित्र भन्दा पनि अहिले भारतीय चलचित्रको चर्चा बढेको छ । यसको साथै चलचित्रको टिकट बुकिं:ङको विषयमा पनि हिजो नयाँ वर्षको दिन बिहानै आधा रातसम्मको लागि टिकट बुकिं:ङ भइसकेको थियो ।

अहिले चलचित्रले हिन्दी भाषामा देश तथा विदेशमा गरेर राम्रो बक्स अफिस कलेक्सन गरेको छ । अहिले भारतीय सञ्चार मध्यमको अनुसार यस भारतीय चलचित्रले पहिलो दिनमा नै १४२ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको जनाएको छ ।

यस चलचित्रले केही दिन पाहिले रिलिज भएको भारतकै ‘साउथ’ चलचित्र ‘आरआरआर’ ले कायम गरेको नयाँ रेकर्डलाई तोड्ने अनुमान गरिएको छ । नेपालमा पनि हिन्दी भाषामा रिलिज भएको यस चलचित्र ‘केजिएफ २’ ले पहिले दिनमा नै राम्रो व्यापार गर्न सफल भएको छ । बिहीबार लामो समयपछि हलहरुमा फिल्म हेर्न मानिसको मानिसको भिड देख्न सकिन्थ्यो ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१३:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय चलचित्र ‘आरआरआर’ को २० दिनमा पनि यति धेरै कमाइ, कति ?