यस दिन लाग्दैछ वर्षको पहिलो सूर्य ग्रहण, ५ राशि रहनुहोस् निकै सावधान !

यस वर्षको पहिलो सूर्य ग्रहण ३० अप्रिल २०२२ मा लाग्ने भएको छ । आंशिक सूर्य ग्रहण भए पनि र नेपालमा यसको सुतक अवधि मान्य नहुने भए पनि यसले सबै राशिका मानिसलाई असर गर्दछ । ५ राशिका मानिसका लागि यो ग्रहण कठिन सावित हुन सक्छ । राशिका मानिस ग्रहण लागेको समयमा निकै सावधान हुनु पर्ने भएको छ । विशेष गरेर यी ५ राशिका मानिसले ग्रहण लागेको समय बटा करिब २ हप्तासम्म सावधानी अपनाउनु पर्ने भएको छ। जान्नुहोस् ती राशिहरु कुन-कुन हुन् ?

मेष राशि

सूर्यग्र हणले मेष राशिका मानिसहरूलाई धन हानि वा आभाबको कारण  चिन्तित बनाउन सक्छ। यस समयमा मेष राशिको मानिसले कसैसँग पनि लेनदेन नगर्नु राम्रो हुनेछ।यस ग्रहणको अवधिमा आफ्नो बोलीलाई पनि नियन्त्रण गर्नुहोस्।

कन्या राशि

कन्या राशिका लागि यो सूर्य   ग्रहण शुभ मानिदैन । यस समयमा कन्या राशिको मानिसले आफ्नो मेहनतको पूर्ण फल पाउन सक्दैनन्। जागिर परिवर्तन गर्ने यो समय राम्रो छैन। यस अवधिमा धैर्यको साथ काम गर्नु पर्दछ ।

तुला राशि

सूर्यग्र हणले तुला राशिका मानिसहरुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसबाहेक विवाद र कानुनी समस्याबाट बच्नुहोला।

वृश्चिक राशि

यस सूर्य ग्रहण वृश्चिक राशिको लागि करियरको क्षेत्रमा खासै राम्रो छैन । नोकरी-व्यवसायमा विभिन्न समस्याको सामना गर्नु पर्नेछ। अहंकारबाट टाढा रहनु र सकेसम्म नम्र हुनु राम्रो हुनेछ ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो बिहिबारसम्म ४ राशिलाई हुनेछ फलिफाप, चौतर्फी लाभले बनाउनेछ सन्तुष्ट