नयाँ वर्षमा बन्यो त्रिग्रही योग, यी ३ राशि हुनेछ फाइदै-फाइदा !

ज्योतिष शास्त्रका अनुसार कुनै पनि ग्रहको स्थितिमा भएको जस्तो सुकै परिवर्तनले मानव जीवनमा ठूलो प्रभाव पार्छ । त्यसैले महत्त्वपूर्ण ग्रहहरूको संयोजन वा राशि परिवर्तन हुनु धेरै महत्त्वपूर्ण मानिन्छ । यस दृष्टिकोणले सन् २०२२ अप्रिल महिना निकै विशेष महिना भएको छ । यसमा सबै ९ ग्रह हरुले परिवर्तन गर्दैछ ।

यीमध्ये ३ ठूला ग्रह बुध, राहु र सूर्य एउटै राशि मेषमा रहनेछन् । अप्रिल ८ तारिकमा बुध, १२ अप्रिलमा राहु र १४ अप्रिलमा सूर्य मेष राशिमा प्रवेश गर्ने भएको छ । यस साथै मेष राशिमा बनेको त्रिग्रही योगले सबै १२ राशिको जीवनमा प्रभाव पार्नेछ। यो त्रिग्रही योग ३ राशिका लागि निकै शुभ हुने भएको छ । जान्नुहोस् ती राशिहरु कुन-कुन हुन् ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई यो त्रिग्रही योगले धेरै लाभ दिनेछ। यस समयमा मिथुन राशिको आम्दानी बढ्नेछ साथै आम्दानीका नयाँ बाटो खुल्नेछन् । लगानीको लागि राम्रो समय रहेको छ । यात्रा हुन सक्छ।

कर्कट राशि

कर्कट राशिका लागि त्रिग्रही योगको कारण करियरमा प्रगति हुनेछ । जागिर गर्नेहरूले काममा पदोन्नति पाउन सक्छन्। आम्दानी बढ्न सक्छ। यसको साथै यस समयमा व्यापारीहरूको लागि ठूलो अर्डर प्राप्त गर्न सक्छ।

सिंह राशि

सिंह राशिका लागि यो समयले हरेक काममा सफलता ल्याउनेछ। यसको साथै काममा प्रगति हुनेछ । भाग्यले साथ दिनाले काम सहज बन्नेछ । नोकरी र व्यापार दुवैमा लाभ हुनेछ। परीक्षा-अन्तर्वार्तामा सफलता मिल्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वि.सं २०७९ मा चार राशिको प्रेम सम्बन्ध विवाहमा परिणत, २ राशिले भोग्नेछन् निकै कष्ट !