पीडादायी साबित हुनेछ २ राशिलाई बैशाख महिना, फसिन्छ झैँ-झमेलामा

काठमाडौँ : नव वर्ष २०७९ सुरु भएको छ। सबै मानिसले यो वर्षले आफ्नो जीवनमा सुख-समृद्धि लिएर आवोस् भन्ने चाहन्छन्। तर ग्रह तथा नक्षत्रको चाल तथा स्थितिले यो वर्ष कसैलाई शुभ रहन्छ त कसैलाई अशुभ त कसैलाई मध्यम खालको रहनेछ।

यस्तोमा, २०७९ सालको पहिलो महिना वैशाख शुभ होस् भन्ने पनि सबैको चाहना हुन्छ। आज भने हामी आज यस्ता २ राशिका बारेमा कुरा गर्दैछौं जुन राशिका मानिसलाई २०७९ सालको सुरुवात कष्टकर हुने देखिन्छ। जान्नुहोस् वैशाख महिनामा कुन २ राशिका मानिस निकै सजग रहनुपर्छ त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

२०७९ सालको पहिलो महिना तपाईंको लागि त्यति शुभ नरहला। शेयर बजारमा नोक्सानी होला। त्यस्तै, अनावश्यक खर्चमा वृद्धि हुँदा आर्थिक स्थिति कमजोर हुनसक्छ। स्वास्थ्यमा केही समस्या आउनसक्छ। महिनाको दोस्रो भागमा भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। नयाँ कार्यको थालनी गर्न पनि सकिनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –


कन्या राशि भएका मानिसका लागि वैशाख महिना शुभ नरहला। नगरेको कामको आरोप लाग्न सक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो महिना त्यति शुभ नरहला। गरेको मेहनतले पनि राम्रो रंग ल्याउन गाह्रो नै होला। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख २ गतेको राशिफल : शुक्रबार ५ राशिलाई बढ्न सक्छ कठिनाई, सतर्क रहनुस्