यस साता चार ठूला ग्रहको राशि परिवर्तन, केही राशिलाई अत्यन्तै शुभ हुनेछ भने ४ राशि रहनुहोस् सावधान !

कुनै पनि ग्रहको राशि परिवर्तनले मानव जीवनमा शुभ तथा अशुभ प्रभाव पर्ने हुन्छ । यस क्रममा यस साता ४ ठुला ग्रहले राशि परिवर्तन गर्ने भएको छ । यो साताको सुरुवातमा राहु–केतु, बृहस्पति र अन्त्यमा सूर्यले राशि परिवर्तन गर्नेछ । सातामा यी चार ग्रहको राशि परिवर्तनले निकै महत्त्वपूर्ण हुने भएको छ । यस्तो अवस्थामा धार्मिक दृष्टिकोणले यो साता सबैभन्दा विशेष हुनेछ । यी चार ग्रहको राशि परिवर्तन कहिले र कुन राशिमा हुन्छ र सबै राशिमा यसको प्रभाव कस्तो रहन्छ थाहा जान्नुहोस् ।

राहु-केतुको राशि परिवर्तन


यो साता सर्वप्रथम ११ अप्रिलमा राहु र केतुले राशि परिवर्तन गर्नेछन् । राहुले अप्रिल ११ मा मेष राशिमा प्रवेश गर्नेछ, वृष राशिको यात्रा त्यागेर केतुले वृश्चिक यात्रा छोडेर तुला राशिमा प्रवेश गर्नेछ। राहु-केतुले करिब १८ महिनापछि राशि परिवर्तन गर्दै छन् । अब यी दुवै ग्रह सन् २०२४ सम्म यस राशिमा विराजमान हुनेछन् । ज्योतिष शास्त्रमा यी दुई ग्रहको विशेष महत्त्व छ ।

राहु-केतुको राशि परिवर्तनको कारण – वृष, मिथुन, सिंह, वृश्चिक, धनु र कुम्भ शुभ हुने भएको छ भने मेष, कर्कट, कन्या, तुला, मकर र मीन राशिका व्यक्तिलाई यस समयमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

देव गुरु बृहस्पतिको राशि परिवर्तन


राहु-केतुको राशि परिवर्तनको दोस्रो दिन अर्थात् १३ अप्रिलमा बृहस्पतिले पनि आफ्नो राशि परिवर्तन गर्ने भएका छन् । करिब १३ महिनापछि १३ अप्रिल २०२२ मा बृहस्पति कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दैछन् बृहस्पति १२ वर्षपछि पुनः आफ्नै राशि मीन राशिमा प्रवेश गर्न लागेका छन् । यसअघि सन् २०१० मा बृहस्पति ग्रह मीन राशिमा आएका थिए । धार्मिक दृष्टिकोणले मीन राशिमा बृहस्पतिको गोचले शुभ हुनेछ । करिब एक वर्ष यस राशिमा बसेपछि गुरु सन् २०२३ मा मेष राशिमा प्रवेश गर्ने छन् ।

शुभ प्रभाव – वृष, कन्या, कर्कट, वृश्चिक र कुम्भ

सामान्य प्रभाव – मेष, मिथुन, सिंह, तुला, धनु, मकर र मीन

सूर्य देवको परिवर्तन


अप्रिल १४ मा सूर्य देव मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछन्। सूर्य मेष राशिमा मे १४ तारिकसम्म रहनेछन् । सूर्य मेष राशिमा प्रवेश गरेसँगै विगत एक महिनादेखि चलिरहेको खरमको अन्त्य हुने भएको छ । सूर्य मेष राशिमा प्रवेश गरेपछि सबै प्रकारका शुभ कार्यहरू पुनः सुरु हुनेछन्।

शुभ प्रभाव – मिथुन, कर्कट, वृश्चिक र कुम्भ

सामान्य प्रभाव – मेष, वृष, सिंह, कन्या, तुला, धनु, मकर र मीन

प्रकाशित : सोमबार, चैत २८, २०७८१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २९ गतेको राशिफल : मङ्गलबार हुन् सक्छ यी राशिलाई ‘अमङ्गल’, रहनुस् सावधान