भोलि पापी एवं दुष्ट ग्रह राहुको गोचर : बदलिनेछ यी राशिका भाग्य, बन्नेछ धन प्राप्तिको योग

काठमाडौँ : १८ महिनापछि राहुले चैत्र २९ गते मङ्गलबार आफ्नो राशि परिवर्तन गर्दैछ। यो राशि परिवर्तन धेरै विशेष हुनेछ। राहु वृष राशिबाट मेष राशिमा प्रवेश गर्न लागेको हो। वैदिक ज्योतिषमा यो ग्रहलाई अशुभ एवं पापी ग्रहको संज्ञा दिईएको छ। यो ग्रहको आफ्नै भौतिक अस्तित्व हुँदैन्। यो एक भ्रमको ग्रह हो। राहुले आधुनिक संसारमा प्रविधि र उन्नत प्रविधिको प्रतिनिधित्व गर्दछ। राहुको गोचर कुन-कुन राशिका लागि फलदायी साबित होला त ?

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

राहुको गोचरले मिथुन राशिको जीवनमा खुशीको बहार ल्याउनेछ। आर्थिक स्थिति पहिलेको भन्दा धेरै गुणा राम्रो हुनेछ। नोकरी तथा व्यवसाय गर्नेहरुका लागि मनग्य लाभ मिल्ने सम्भावना छ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। यात्राबाट पनि राम्रो आम्दानी गर्नुहुनेछ। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। पहिले रोकिएको बढुवा यस अवधिमा हुन् सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

राहुको गोचर कन्या राशिका लागि खास साबित हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। घरपरिवारबाट हरेक काममा साथ-सहयोग पाउनुहुनेछ। आम्दानी वृद्धि हुने प्रबल सम्भावना छ। वैदेशिक यात्राको सपना पनि पूरा हुनेछ। व्यापारमा धेरै राम्रा सम्झौता गर्नुहुनेछ। आयका नयाँ श्रोतहरु खुल्नेछन्। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तलब वृद्धिको प्रबल सम्भावना छ। राहुको गोचर तपाईका लागि निकै शुभ साबित हुनेछ। हरेक काममा मिल्ने सम्भावना छ। अफिसमा तपाईको छवि मजबूत हुनेछ। मनले चाहेको जागिर पाउने योग बनेको छ। कुनै काममा ठूलो उपलब्धी हासिल गर्नुहुनेछ। भाग्यले तपाईलाई भरपूर साथ दिनेछ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि केतु तुला राशिमा गोचर गर्ने : ३ राशिलाई हुनेछ मनग्यै आर्थिक लाभ