४ दिनपछि कायापलट हुनेछ यी राशिको भाग्य, सूर्य जस्तै चम्किनेछ भाग्य !

ज्योतिष शास्त्रमा सूर्यलाई ग्रहहरूको राजा भनिन्छ। सूर्य सफलता, सम्मान, स्वास्थ्य र समृद्धिको कारक ग्रह हो। १४ अप्रिल २०२२ मा सूर्यले राशि परिवर्तन गर्दै छ। सूर्य मेष राशिमा प्रवेश गर्नेछन् र एक महिनासम्म यस राशिमा रहनेछन्। यो परिवर्तन ४ राशिका व्यक्तिका लागि भाग्यशाली साबित हुन सक्छ । जान्नुहोस् ती भाग्यशाली राशिहरु, जसको भाग्य छिट्टै चम्किन्छ ।

मेष राशि 

मेष राशिका व्यक्तिहरूले आत्मविश्वास महसुस गर्नेछन्। जागिरमा परिवर्तन हुनसक्छ । प्रगति र आय वृद्धिको प्रबल सम्भावना छ। उच्च शिक्षा तथा अनुसन्धान कार्यका लागि बाहिर जान सकिनेछ । घरमा पनि खुसी रहनेछ।

 वृष राशि 

धार्मिक यात्रामा जाने सौभाग्य प्राप्त हुनेछ। चरम आर्थिक अभावबाट मुक्ति पाउनुहुनेछ। लेनदेनबाट लाभ हुनेछ। शत्रुहरु माथि विजय हासिल गर्नुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यसँग पर्याप्त समय व्यतीत गर्ने अवसर पाउनुहुनेछ।

 तुला राशि

सूर्यको राशि परिवर्तन तुला राशिमै हुँदैछ। यस समयावधिमा तुला राशिमा सबैभन्दा बढी प्रभाव पर्नेछ। सूर्य गोचर कालमा तपाईले शुभ परिणाम प्राप्त गर्नुहुनेछ। मन प्रसन्न रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। जीवनसाथीसँग समय व्यतीत गर्ने अवसर पाउनुहुनेछ।

 कर्कट राशि 

सूर्यको राशि परिवर्तनले विदेशी कम्पनीमा आबद्द व्यक्तिहरुलाई लाभ मिल्नेछ। व्यापारमा मुनाफा हुनेछ। मानसिक तनाव कम हुनेछ। स्थान परिवर्तन या बढुवाको योग बनेको छ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि यो समय कुनै वरदानभन्दा कम हुनेछैन्। पारिवारिक जीवन सुखमय रहनेछ।

मीन राशि

यो समयले पद- पैसा-सम्मान ल्याउन सक्छ। आत्मविश्वास बढ्नेछ, जसले करियरमा फाइदा पुर्‍याउनेछ। पदोन्नति-वृद्धि-सरुवाको योग छ। कुनै धार्मिक कार्यमा भाग लिन सकिनेछ ।

प्रकाशित : आइतबार, चैत २७, २०७८१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २८ गतेको राशिफल : सोमबार यी राशिलाई बनेको छ आर्थिक लाभको योग, हुनेछ प्रचुर लाभ