एजेन्सी : किम कार्दशियन हलिउडका चर्चित सेलिब्रेटीहरुमध्ये एक हुन्। किम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र सधैँ एकभन्दा बढी लुक्समा देखिन्छिन्। हालै किम कार्दशियनले आफ्ना केही ह;_ट तस्बिरहरु शेयर गरेकी छिन्। यी फोटोहरु देखेर उनका फ्यानसँगै हलिउडका अन्य सेलिब्रेटीहरूले पनि उनको तारिफ गरेका छन्।
किम कार्दशियन इन्स्टाग्राममा एकदमै फरक लुकमा देखिएकी छिन्। उनी आफ्नो स्टाइल र आउटफिटमा अनेक प्रयोग गर्छिन्। तस्बिरमा किम कार्दशियन ब्याकलेस सेतो गाउनमा देखिएकी छिन्। किमले तस्बिरमा आइभरी व्हाइट कलरको सुन्दर गाउन लगाएकी छिन्।
ब्याकलेस अफ-सोल्डर गाउनमा किम कार्दशियनको लुक हेर्न लायकको छ। गाउन पछाडि ब्याकलेस छ र अगाडि एक मरमेड फिन कट छ। यस गाउनमा किम कार्दशियनले आफ्नो सुगठित एवं लोभलाग्दो जिउडालको राम्रो प्रदर्शन गरेकी छिन्। उनले कपाल खुल्ला छोडेकी छिन्।
तस्बिर शेयर गर्दै किम कार्दशियनले लेखेकी छिन् – ‘मलाई मेरै लागि प्रेम गर, ल ?(Love me for me, ok?)’ यस पोस्टमा सिङ्गर जस्टिन बिबरकी पत्नी तथा मोडेल हेली बिबरले क्याप्सनको प्रशंसा गरेकी छिन्। यसका साथै गायिका केटी पेरीले पनि कमेन्ट गरेकी छिन्।