पछिल्लो समको चर्चित र्यापर जी-बबको आवाजमा रहेको एक गीत अहिले सामाजिक सञ्जाल युट्युबमा निकै भाइरल भएको छ । यस गीत आगामी बैशाख १ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ४’ को हो । सार्वजनिक भाग ‘भाग न दे अब धेरै धाक’ बोलको गीतको सर्जक पनि जी-बब नै रहेको बताइएको छ । उक्त्त गीत सार्वजनिक भएको केही समयमा नै अहिले युट्युब ट्रेन्डिङमा आएको छ ।
सार्वजनिक यस गीतमा जी-बब सहित सुहाना थापा पनि देखिएकी छिन् । अहिले यो भिडियो युट्युबमा एको केही समयमा नै ट्रेन्डिङ १ मा रहेको छ भने भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै ९ लाख भन्दा बढीले हरेक छन् ।
अहिले चलचित्र निर्माताका अनुसार यस गीतको पुरा भाग चलचित्र मात्र हेर्न पाउने बताइएको छ । गीतलाई चलचित्र निर्माण टिमले अहिले पछिल्लो समयमा आएर खिचेको हो ।