काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र २६ गते शनिबार हो। शनिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
चैत्र २५ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –शनिबार (Saturday)।।। नक्षत्र – पुनर्वशु , २६:२६ बजे उप्रान्त तिष्य ।।। तिथि – अष्टमी , २२:५७ बजे उप्रान्त नवमी ।।। करण – भद्रा १०:०० बजेदेखि वव , २२:५७ बजे उप्रान्त तैतिल ।।। योग –अतिगण्ड , ९:५० बजे उप्रान्त सुकर्मा ।।। चैत २६, २०७८, शनिबार ।।। ०९ अप्रिल, सन् २०२२ ।।। अष्टमी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ४८ ।।। सूर्यास्त(sunrise) – १८:२५ ।।। कार्यक्रम : –
चैते दशैँ ।।। शुभ साइत :- होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
दिन शुभ फलदायी रहला। विचारमा शीघ्र परिवर्तन आउनुको कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचार विनिमय हुन सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मन स्थिरता बनाई राख्नुहोला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा टाल्नुहोला। लेखक, कलाकार एवम् सलाहकारको लागि अनुकुल दिन छ। कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला। निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनःस्थितिको कारण कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम् धनहानिबाट बच्नुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
दिन लाभदायी छ। मित्र एवम् स्त्री मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। अनिर्णायक्ताको कारण हातमा आएको अवसरजान सक्छ। जसकारण महत्त्वपूर्ण निर्णयलाई टाल्नुहोला। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। पिताबाट लाभ होला। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। विदेशबाट मित्र वा आफन्तको समाचार मिलनले आनन्द अनुभव होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
दिन आनन्दपुर्वक बिताउनु हुनेछ। मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको स-ह:_वासको आनन्द लिनुहुनेछ। लेखनकार्यको लागि दिन निकै अनुकुल छ। साझेदारीबाट लाभ होला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यापारमा विकासको लागि दिन लाभकारी रहला। व्यावसायमा आयोजन अनुसार कार्य गर्न सक्नुहुनेछ। पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बोलि तथा विचारमा शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ। आकस्मिक खर्च होला। स्वास्थ्य समस्या होला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।