अप्रिल महिना यस दिन लाग्दैछ वर्षको पहिलो सूर्य ग्रहण, ३ राशिलाई पर्नेछ शुभ प्रभाव !

अप्रिल महिना धेरै ज्योतिषीय घटनाहरूले भरिएको हुन्छ। हिन्दू नयाँ वर्ष विक्रम संवत् २०७९ को सुरुवात पनि यही अप्रिल महिनामा हुँदै छ ।  त्यसको साथै अंग्रेजी महिना अप्रिलमा सबै ९ ग्रहको राशि परिवर्तन हुने भएको छ । जसमा शनि, बृहस्पति र राहु-केतु जस्ता प्रमुख ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्।   त्यसैले पनि यी महिना निकै विशेष हुने भएको छ ।

सन् २०२२ मा २ चन्द्र ग्रहण र २ सूर्य ग्रहण लाग्नेछ। जसमध्ये पहिलो ग्रहण अप्रिल ३० मा लाग्दै छ। जुन सूर्यग्रहण हुनेछ। पञ्चाङका अनुसार यो ग्रहण वैशाखको औंशीको दिन भरणी नक्षत्र र मेष राशिमा लाग्नेछ। विशेष कुरा यो छ कि यस ग्रहणको समयमा सूर्यसँगै चन्द्रमा पनि मेष राशिमा रहनेछ। नेपालमा यो ग्रहणको दृष्य नदेखिए पनि सबैको जनजीवनमा यसको प्रभाव पर्ने पर्नेछ। जान्नुहोस् कुन ३ राशिका लागि यो ग्रहण सबैभन्दा शुभ साबित हुनेछ।

मेष राशि 

यो राशिका मानिसहरुका लागि सूर्य ग्रहण फलदायी रहनेछ। आर्थिक अवस्था राम्रो रहनेछ। कुनै पनि पुरानो लगानीबाट राम्रो पैसा कमाउन सकिन्छ। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। यो गोचर व्यापारीहरूका लागि पनि फाइदाजनक साबित हुनेछ। लाभदायक सम्झौता हुन सक्छ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ। सरकारी जागिर खानेहरुका लागि समय निकै अनकुल रहनेछ।

सिंह राशि 

यो ग्रहण यस राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ। हरेक काममा सफलता मिल्ने सम्भावना छ। जागिर खोज्नेहरुका लागि पनि समय निकै शुभ रहनेछ। राम्रो कामको प्रस्ताव आउन सक्छ। पदोन्नतिको प्रबल सम्भावना छ। नयाँ कामको थालनी गर्न सकिनेछ। अधुरा इच्छा पूरा हुने सम्भावना छ।

धनु राशि 

सूर्य ग्रहणले यस राशिका मानिसका लागि शुभ फल दिनेछ। कार्यस्थलमा तपाईको कामको उच्च प्रशंसा हुनेछ। केही ठूला अवसर हात लाग्न सक्छन्। नयाँ योजनामा ​​काम गर्न सकिनेछ। विदेश जाने सपना पूरा हुन सक्छ। लगानीका हिसाबले पनि समय शुभ देखिन्छ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २५ गतेको राशिफल : शुक्रबार बदलिनेछ यी राशिको भाग्य, हुनेछ विशेष दिन