कुण्डलीमा ग्रहको स्थितिलाई प्रबल बनाउन गर्नुहोस् यस्ता उपाय, जीवनमा प्राप्त गर्न सकिन्छ खुब सफलता !

सायद धेरै कम मानिसहरुलाई थाहा होला की खाने कुराको सेवनबाट पनि ग्रहमा रहेको कुण्डलीको स्थितिलाई शान्त बनाउन सकिन्छ। जान्नुहोस् विभिन्न ग्रहहरूसँग सम्बन्धित चीजहरूलाई जसको सेवन लाभदायक मानिन्छ। ज्योतिष शास्त्रमा कुण्डलीमा रहेको ग्रहहरूको स्थितिलाई सन्तुलनमा राख्न विभिन्न रत्न धारण गर्ने, पूजा-पाठ गर्ने र विभिन्न उपायको बारेमा दिइएको छ। जान्नुहोस् कुण्डलीमा ग्रहको स्थितिलाई कस्तो  खानको सेवनले शान्त  पर्न सकिन्छ ।

सूर्य

सूर्य ग्रहलाई तेज, सम्मान, सफलता र आत्मविश्वासको कारक मानिन्छ। जसको कुण्डलीमा सुर्यको स्थिति कमजोर छ, उनीहरुले आफ्नो आहारमा सखर, गहुँ र आँपलाई समावेश गर्नु शुभ मानिन्छ।

चन्द्र ग्रह


ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा चन्द्र ग्रहको अनुकूलता कायम राख्न दुध, मिठाई, चिनी, उखु, आइसक्रिम जस्ता खानेकुरा खानु शुभ मानिन्छ ।

मंगल ग्रह


कुण्डलीमा मंगलको स्थिति राम्रो नहुँदा व्यक्तिको दाम्पत्य जीवनमा कठिनाइ आउनुका साथै जग्गा सम्पत्ति सम्बन्धी विवाद आउन सक्छ । यस्तो अवस्थामा अनार, सखर, मह आदि खानु फाइदाजनक हुन्छ ।

बुध ग्रह


बुध ग्रहलाई आर्थिक अवस्था, बुद्धि, वाणी, व्यापार, स्वच्छताको कारक मानिन्छ। यस्तो अवस्थामा बुध ग्रहको कमजोरीका कारण कमजोर बोली र धन सम्बन्धी समस्या आउन सक्छ। यसका लागि हरियो सागसब्जी, मुगको दाल, मटर, जौ आदिको सेवन गर्नु लाभदायी हुने बताइएको हुनेछ ।

बृहस्पति ग्रह


बृहस्पतिलाई सबै ग्रहहरूमध्ये सबैभन्दा शुभ ग्रह मानिन्छ। बृहस्पति ग्रहको स्थिति बलियो भएमा हरेक कार्य क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ र यस्तो अवस्थामा आफ्नो आहारमा बेसार, चना दाल, केरा, हलेदो र नुन जस्ता पहेँलो खानेकुराहरू समावेश गर्नुपर्छ।

शुक्र ग्रह


सौन्दर्य, ऐश्वर्य र सुखको प्रतीक शुक्र कमजोर हुनाले दाम्पत्य जीवन तथा भौतिक सुखमा बाधा पुग्न सक्छ । यसका लागि ज्योतिषमा शुक्रको सन्तुलित स्थिति बलियो बनाउन मुला, चिनी, दही र त्रिफला खानुपर्छ ।

शनि ग्रह


शनिलाई अनुकूल बनाउन खानामा बदमको तेल, कालो नुन, कालो खोर्शानी, मासको दाल समावेश गर्नुपर्छ। यसो गर्दा तपाईको शरीर र दिमाग दुबैलाई फाइदा हुनेछ।

राहु-केतु ग्रहहरू


ज्योतिषशास्त्रका अनुसार तिल, मासको दाल र तोरीलाई आहारमा समावेश गर्नाले राहु-केतुको अशुभ प्रभावलाई कम गर्न सकिन्छ ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ राशिका जीवनमा छायो खुशीको बहार, आजबाट सुरु भयो गुड लक