अभिनेत्री वर्षा अभिनय क्षेत्रबाट फ्लप पनि भइनन् भने चर्चित पनि हुन सकिनन् !

अघिल्लो वर्ष साथिहरुसँग नेपालमा जन्म दिन मनाएकी अभिनेत्री वर्षा अहिले केही समय देखि पारिवारिक भेटघाटको लागि अमेरिका पुगेकी छिन् ।  विशेषत आज अभिनेत्री बर्षाको जन्मदिन  परेको छ । वर्षाले अभिनय यात्राको सुरुवात चलचित्र  ‘नाई नभन्नु ल २’बाट सुरु गरेकी हुन् ।

अभिनेत्री वर्षाले अहिलेको समयमा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केही दिन पहिले अभिनेत्रीले यस्ता तस्बिर सार्वजनिक गरेकी थिइन् की तस्बिर देखेर मानिसहरुलाई विश्वास गर्न नै मुस्किल भएको थियो । अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारको केही तस्बिर सार्वजनिक गरेकी थिइन्। जुन सामाजिक सञ्जालमा निकै भाइरल भएपछि अभिनेत्रीले हटाएकी थिइन् ।

अहिलेको समयमा कतिपय कलाकार चलचित्र क्षेत्रमा खासै सक्रिय नदेखिए पनि सामाजिक सञ्जाल पोस्ट गरेका तस्बिर तथा विभिन्न क्रियाकलापको कारण चर्चामा आउने गरेका छन् त्यस्तै अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा यस्तो फोटो सार्वजनिक गर्ने गर्छिन् । जसको कारण  अभिनेत्री समय-समयमा चर्चा आउने गर्दछिन् ।

आजको दिनमा अभिनेत्री वर्षाको अभिनय क्षेत्रलाई फर्केर हेर्ने हो भने वर्षा अभिनित चलचित्रले अहिलेसम्म खासै राम्रो व्यापार गर्न सफल भएको छैन भने फ्लप पनि भएका छैनन् ।

अभिनेत्री अहिलेको समयमा चर्चामा आउन सामाजिक सञ्जालमा विभिन्न किसिमको तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

 अहिले अभिनेत्री वर्षा अभिनीत फिल्म ‘परदेशी २’ र ‘लक्का जवान’ प्रदर्शनको तयारीमा रहेका छन् ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पुष्पा २’ मा यस अभिनेतासँग भयङ्कर भीडन्त हुनेछ अल्लू अर्जुनको