२१ वर्षमै भाँडिएको थियो रश्मिकाको बिहे, नत्र २ बच्चाको आमा भईसक्थिन् अहिले

एजेन्सी : ब्लकबस्टर दक्षिण भारतीय फिल्म ‘पुष्पा’ की ‘श्रीवल्ली’ यानी चर्चित अभिनेत्री रश्मिका मन्डन्ना २६ वर्षकी भएकी छिन्। रश्मिकाको जन्म ५ अप्रिल सन् १९९६ मा कर्नाटकको विराजपेटमा भएको थियो। रश्मिका बाल्यकालदेखि नै फिल्ममा काम गर्ने रुचि राख्थिन्। १९ वर्षको उमेरमा उनले फिल्मी संसारमा प्रवेश गरेकी थिईन्।

गत वर्षको डिसेम्बरमा आएको सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले रश्मिकालाई विशेष र ठूलो स्थान दिएको छ। यो फिल्म उनको करियरमा कोसेढुङ्गा साबित भएको छ। फिल्मको कथा, किस्सा, संवाद, डान्स स्टेप र गीतले सबैलाई लोभ्याएको थियो। गाउँकी सोझी-सिधा ‘श्रीवल्ली’ बनेर रश्मिकाले सबैको मन जितिन्।

रश्मिकाको वर्षौँअघि लगभग हुनै आँटेको बिहे टुटेको कुरा शायद कमैलाई थाहा होला। सन् २०१६ मा उनको पहिलो फिल्म ‘किरीक पार्टी’ आएको थियो। त्यतिबेला उनको भेट रक्षित शेट्टीसँग भएको थियो। रक्षित शेट्टी एक अभिनेता हुन्। दुवै एकअर्काको प्रेममा परे र सन् २०१७ मा इन्गेजमेन्ट गरे ।

तर, रश्मिका र रक्षितको सम्बन्ध अगाडि बढ्न सकेन्। इन्गेजमेन्टपछि दुवैले चाँडोभन्दा चाँडो विवाह गर्ने अपेक्षा गरिएको थियो। तर सन् २०१८ मा दुवैजना अलग भई आ-आफ्नो बाटो लागे। त्यसयता रश्मिका एक्लै रहेको बताईन्छ। यद्यपि उनको नाम विजय देवरकोन्डासँग जोडिने गरिन्छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘के. जी. एफ २’ को ट्रेलर रिलिज भएको १० दिन भैसक्दा नेपालमा अझै पनि ट्रेन्डिङ १ मा