काठमाडौँ : बुध ग्रह गत चैत्र १० गते(२४ मार्च) बिहिबारदेखि मीन राशिमा गोचर गरिरहेको छ। अब चैत्र २५ गते(८ अप्रिल) शुक्रबार बुध मीन राशिबाट निक्लिई मेष राशिमा गोचर गर्नेछ। मेष राशिमा बुध बैशाख १२ गते सोमबारसम्म रहनेछ। बुधको यो गोचरले ४ राशिमा यसको सकारात्मक परिणाम देखिनेछ। भाग्यले साथ दिनेछ र पैसा सम्बन्धी समस्याको अन्त्य हुनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिको प्रथम भावमा बुधको गोचर हुनेछ। तपाईको साहस, बुद्धि र आत्मविश्वास बढ्नेछ। तपाईको लागि लगानी र आम्दानीका स्रोत बढाउनको लागि यो उपयुक्त समय हो। आर्थिक पक्ष मजबूत बन्नेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिको बाह्रौँ भावमा बुधको गोचर हुनेछ। यस अवधिमा तपाईको मान सम्मान बढ्नेछ। वैदेशिक व्यापारमा संलग्न हुनुहुन्छ भने त्यसबाट मनग्यै लाभ हासिल गर्नुहुनेछ। विदेशमा उच्च शिक्षामा पनि सफलता मिल्नेछ। समग्रमा यो गोचरले सकारात्मक परिणाम दिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिको एघारौँ भावमा बुधको गोचर हुनेछ। तपाईको राशिको स्वामी बुध हो। तपाईको लागि यो गोचर शुभ साबित हुनेछ। काममा प्रगति र व्यापारमा उन्नति गर्नुहुनेछ। घरजग्गासँग सम्बन्धित मामिलामा समाधान निस्किनेछ। चल एवं अचल सम्पत्ति जोड्न सक्षम बन्नुहुनेछ। प्रशस्त धन आर्जन गर्नुहुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
बुध सिंह राशिको नवौँ भावमा गोचर गर्नेछ। यो गोचरमा तपाईलाई भाग्यले साथ दिनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। जागिर र व्यवसायमा आउने बाधाहरु हट्नेछन्। नाम, पहिचान र प्रसिद्धि प्राप्त गर्न सफल हुनुहुनेछ।