हातमा राहु रेखाको यस्तो स्थितिलाई मानिन्छ निकै शुभ, जीवनमा प्राप्त गर्छन् अपार धन र प्रसिद्धि !

ज्योतिष शास्त्रमा जसरी व्यक्तिको जन्म कुण्डलीका ग्रहहरूको स्थितिको आधारमा भविष्यको हेर्ने गरिन्छ भने हस्तरेखा शास्त्रमा व्यक्तिको हातको रेखाचित्र, चिन्हहरू, आकृतिहरूको विश्लेषण गरेर भविष्‍यको बारेमा जान्ने गरिन्छ । हस्तरेखा शास्त्रमा केही रेखाहरुलाई निकै महत्त्वपूर्ण मानिन्छ । जस्तै जीवन रेखा, भाग्‍य रेखा, धन रेखा, विवाह रेखा, राहु रेखा आदि। आज हामी राहु रेखाको बारेमा कुरा कुरा गर्ने छौँ । जसरी कुण्डलीमा राहुको नाजुक स्थिति जीवनमा समस्या ल्याउन सक्छ, त्यसरी नै हातमा भएको राहु रेखाको स्थितिले जीवनमा हुने घटनाको बारेमा बयान गर्दछ ।

भाग्य बदलिन्छ हस्तरेखामा राहुको यस्तो स्थितिले

यदि हत्केलाको रेखा मंगल क्षेत्रबाट निस्केर जीवन रेखा र भाग्य रेखालाई काटेर मस्तिष्क रेखालाई छुन्छ वा त्यसलाई पार गरेर हृदय रेखामा जान्छ भने त्यसलाई राहु रेखा भनिन्छ। हत्केलामा एकभन्दा बढी राहु रेखा हुन सक्छ। यी रेखाहरू हत्केलाको बिचमा हुन्छन्।

जसको हातमा राहु रेखा स्पष्ट हुन्छ र त्यसको माथि अरु कुनै रेखा छैन भने त्यस्ता व्यक्तिले जीवनमा धेरै सम्मान पाउछन् । यी व्यक्तिहरूले व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा सम्मान पाउँछन्। यी व्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरसम्मको पुरस्कार प्राप्त गर्ने प्रबल सम्भावना हुन्छ ।

त्यसै गरी कुनै व्यक्तिको हत्केलामा एउटै स्थानमा एकभन्दा बढी राहु रेखाहरू छन् र ती रेखाहरु ठाउँ-ठाउँमा टुटेको छ भने त्यस्ता व्यक्तिले उच्च प्रशासनिक पद पाउँछन्। तिनीहरूले आफ्नो जीवनमा धेरै खुसी र सफलता प्राप्त गर्छन्।

– जसको हातमा मस्तिष्क रेखा वा यसको कुनै पनि शाखा बुध पर्वत सम्म पुग्छ र त्यहाँ एक द्वीप बन्नछ र यसलाई धेरै शुभ मानिन्छ। राजनीतिमा यस्ता व्यक्तिको भाग्य उज्यालो हुन्छ । उनीहरुले ठूलो पद पाउँछन् ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संयोगले आज मंगलबार परेको छ मंगल चतुर्थी, भगवान गणेश यसरी गर्नुहोस् पूजा पाठ !