नाकको टुप्पोमा नै हुन्छ यी ४ राशिका व्यक्तिको रिस, मानिन्छ सबैभन्दा बढी झगडालु !

हरेक मानिसको स्वभावमा धेरै भिन्नताका साथै आ–आफ्ना विशेषताहरु पनि हुन्छन्। कसैको स्वभाव नरम हुन्छ त कोही मानिस छिट्टै रिसाउने हुन्छन्। ज्योतिष शास्त्रमा पनि १२ वटा राशिका व्यक्तिहरुको फरक–फरक व्यक्तित्वको वर्णन गरिएको छ। राशि चक्रको प्रकृतिमा भिन्नता तिनीहरूको स्वामी ग्रहको प्रभावले हुन्छ।

साथै, यी १२ राशि मध्ये ४ राशिलाई यस्तो मानिन्छ कि उनीहरुले आफ्नो रिसलाई पटक्कै पनि नियन्त्रणमा राख्दैनन् र यसका कारण उनीहरु चाँडै आफ्नो होस् गुमाउँछन्।

वृष राशि 

ज्योतिष शास्त्रका अनुसार वृष राशिका मानिसहरुको रिस नाकमा बस्छ जसका कारण कुनै पनि सानो कुरामा चाँडै नराम्रो लाग्ने गर्दछ। र तिनीहरूको क्रोध यति बलियो हुन्छ कि एक पटक यो अनियन्त्रित भयो भने तिनीहरूलाई शान्त गर्न धेरै गाह्रो हुन्छ। यही कारणले गर्दा वृष राशिका व्यक्तिहरूले कहिलेकाहीँ रिसमा यस्ता गलत निर्णय लिन्छन्, जसको कारण पछि पछुताउनु पर्छ।

मिथुन राशि 

मिथुन राशिका मानिसहरु झगडालु स्वभावका हुन्छन्। यो राशिका मानिसहरुको स्वभाव यस्तो हुन्छ यदि कुनै कुरामा यी मानिसलाई नराम्रो लाग्यो भने कसैले पनि उनीहरुलाई सम्झाउन सक्दैन। विशेष गरी उनीहरुका साथीहरु र प्रेमीहरुले उनीहरुको क्रोधको सामना धेरै पटक गर्नुपर्ने हुन्छ। मिथुन राशिका व्यक्तिहरुको व्यक्तित्व यस्तो हुन्छ कि यिनीहरु साना साना कुरामा ठुलो मुद्दा बनाउँछन्।

सिंह राशि 

सिंह राशिको स्वामी सूर्य हो। ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरुको रिस यति प्रबल हुन्छ कि उनीहरु क्रोधमा आफ्नो हद नाघ्छन्। र, रिसमा गल्ती गरे पनि, यी मानिसहरूले कहिल्यै गल्ती स्वीकार गर्दैनन्, बरु झगडा गर्न थाल्छन्। त्यसैले सिंह राशिका व्यक्तिहरुको रिसमा नपरेको नै राम्रो हुन्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरुको स्वभाव जिद्दी किसिमको हुन्छ। वृश्चिक राशिका व्यक्तिहरूलाई आत्मसम्मानको धेरै ख्याल हुन्छ। त्यसैले पनि यदि कुनै पनि मानिसले उनीहरुको मन दुखाएमा छिट्टै रिसाउने गर्छन् र कहिल्यै माफ गर्दैनन्।

प्रकाशित : आइतबार, चैत २०, २०७८१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सपना शास्त्र: सपनामा महिलाको यस्तो रुप देख्नु अत्यन्तै शुभ, मानिन्छ धन वृद्धिको संकेत !