वृष राशि
साताको सुरुमा प्रशस्त खर्च हुनेछ । मध्यभागमा भोजभतेर पर्ला त पहिले खर्च भएको रकम आंशिक मात्रामा उठ्न पनि सक्छ । मित्रबाट विशेष सहयोगको आशा नगर्नुहोस् । प्राविधिक क्षेत्रमा कमजोरी भने प्रशस्त होला । आन्तरिकभन्दा बाह्य व्यापारले टेवा दिनेछ ।
कन्या राशि
सुरुका तीन दिन त्यति राम्रा छैनन् । अनेकौँ ́न् ́ट आएर मनमा पिरलो पार्ला । परिवार एवं मित्रबाट बढी सहयोगको आशा नगर्नुहोस् । व्यापारसम्बन्धी काममा हाल त्यति ठूलो प्रगति देखिन्न । नारायणको दर्शनले त्यसलाई हटाउन सकिनेछ ।
वृश्चिक राशि
पूरा राम्रो खालको साता होइन । अनेकौँ समस्यासित जुध्नु पर्नेछ । जागिरकै भरले मात्र व्यवहार चलाउन गाह्रो पर्ला । व्यापारसम्बन्धी कामले भने टेवा दिनेछ । बौद्धिकस्तर परिस्कृत भएर आएकाले धैर्य लिन सक्ने शक्ति यथेष्ट मात्रामा देखा पर्छ ।
धनु राशि
मद्दत दिने र रिस गर्नेको सङ्ख्या बराबरै जस्तो छ । त्यसैले काम सफल पार्न सोचेभन्दा बढी समय लाग्ला । पढाइको क्षेत्रमा केही बाधा आउने सम्भावना छ । बगलामुखीको आराधना गरिरहनुहोस् । अरू क्षेत्रमा भने सफलता नै देखिन्छ । नोकरीको क्षेत्रमा खास उथलपुथल छैन ।