वर्षको अन्तिम महिना चैत: यस साता गौरवमय हुनेछ यी ४ राशिलाई, प्राप्त गर्नेछन् ठुलो सफलता !

मेष राशि

पहिलेको तुलनामा धेरै सप्रिएको साता छ । मनमा भएका शङ्का प्रायः निर्मूल हुने दिशामा छ । पढाइको क्षेत्र राम्रो नभए पनि व्यापार, व्यवसायबाट निकै लाभ पाउनु हुनेछ । साताको सुरुमा मनोरञ्जन हुनेछन् भने परिवारबाट पनि राम्रो सहायता मिल्ला ।

सिंह राशि

साता प्रशस्त सप्रिएको छ । मनमा भएको निराशा बिस्तारै घटेर जाला । कूटनीतिक प्रतिभा कम भए पनि अरू क्षेत्रमा सफलता नै पाउनुहुनेछ । असल काम गर्ने विचार मनमा आउला त गरेका काम पनि सफल नै हुनेछन् । सप्ताहान्तमा राम्रो लाभ हुने स्थिति छ

कुम्भ राशि

साताको मध्य भागमा स्वास्थ्य बिग्रेर केही खर्च बढे पनि सुरु र अन्त्यका दिनले उत्साह नै दिनेछन् । जागिरबाट भन्दा व्यावसायिक कामबाट राम्रो टेवा मिल्ला । बौद्धिक स्थिति सप्रिएर आएको छ । धेरै व्यक्ति तपाईंको क्रियाकलापबाट प्रभावित हुनेछन् ।

मीन राशि

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । खर्च नघटे पनि आम्दानीको स्रोत बलियो हुनाले खास समस्या पर्ने देखिन्न । बौद्धिक स्तर बढी रहेको छ । तैपनि मनमा अलिअलि भय र शङ्का भने रहिरहला । कोरा व्यापारमा त्यति ठूलो लाभ देखिन्न ।

दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

प्रकाशित : आइतबार, चैत २०, २०७८१६:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत २१ गतेको राशिफल: सोमबार आफ्नाबाट नै धोका हुन सक्छ, यी राशिले प्राप्त गर्छन् द्रुत सफलता !