पछिल्लो समयमा भारतको टिभी जगतको कुनै अभिनेत्री चर्चामा छिन् भने ती हुन् तेजस्वी प्रकाश, अहिले पुरै सामाजिक सञ्जाल अभिनेत्रीको खबरले भरिएको छ । कहिले व्यावसायिक त कहिले व्यक्तिगत जीवनका कारण उनी चर्चामा रहन्छिन् । तर यस पटक उनी आफ्नो ग्ल्या:-मरस अवतारका कारण चर्चामा आएकी छिन् । तेजस्वीको यो स्टाइललाई मानिसहरुले मन पराएका छन् ।
एकता कपूरको चर्चित शो ‘नागिन ६’ को कारण तेजस्वी प्रकाशले फेरि एक पटक सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् ।
यस क्रममा अभिनेत्री बिहीबार एक अवार्ड शोमा पुगेकी थिइन् । जहाँ तेजस्वी रेड कार्पेटमा निकै बोल्ड अवतारमा देखिएकी थिइन् ।
यस कार्यक्रममा तेजस्वीलाई हल्का नीलो रंगको कोटामा देखिएको थियो । यस क्रममा तेजस्वी प्रकाशले यो नीलो ब्ले:-जरको साथमा भित्री वस्त्र नलगाई देखिएकी थिइन् ।
भाइरल भइरहेको तेजस्वी प्रकाशको तस्बिरलाई हेरेर तेजस्वी प्रकाशले बलिउड अभिनेत्रीलाई कडा टक्कर दिइरहेका छन् भन्दा फरक नपार्ने भएको छ ।
तस्बिर हेरेर फ्यानहरूले तेजस्वी प्रकाशलाई दीपिका पादुकोणसँग तुलना गरिरहेका छन् ।
अभिनेत्रीले ‘बिग बोस १५’ को उपाधि जितेकी छन् । शोबाट बाहिरिने बित्तिकै उनले ‘नागिन ६’ मा मुख्य भूमिका पाएकी थिइन् ।