सपनामा माता दुर्गालाई देख्नु अत्यन्तै शुभ: तर यस्तो रुपमा देखिए हुन्छ अनिष्ट, रहनुहोस् सावधान !

चैत्र नवरात्रि छिट्टै सुरु हुँदैछ। देवी दुर्गालाई शक्तिकी देवी मानिन्छ र हिन्दू वर्ष अनुसार एक वर्षमा शक्तिको पूजा गर्ने ४ विशेष पर्वहरु पर्दछन्। यी चार चाडमध्ये दुईवटा पर्व क्रमशः नवरात्रि, चैत्र महिनाको चैत्र नवरात्रि र आश्विन महिनाको शारदीय नवरात्रि हुन्। वर्षमा दुईवटा गुप्त नवरात्र पनि हुन्छन्। हिन्दू धर्ममा, जहाँ देवता र देवीहरूको रूप विशेष रूपमा वर्णन गरिएको छ। त्यसैगरी सोही विवरणका आधारमा भागवानको तस्विर वा मूर्ति पनि बनाइन्छ। यस्तो अवस्थामा अनेक भगवानको छवि हाम्रो दिमागमा बस्छ। जुन धेरै पटक हामीले सपनामा पनि देख्छौं।

ज्योतिष शास्त्रमा जहाँ सपनालाई भोलिको संकेतको रुपमा लिइन्छ, शकुन शास्त्रमा यसलाई भविष्यको संकेतको रुपमा पनि लिइन्छ। यसका साथै सपना शास्त्रमा सपनाका विभिन्न अर्थ बताइएका छन्। जस अनुसार सपनामा कुनै देवता देख्नुभयो भने त्यसको फरक फरक अर्थ हुन्छ। त्यसोभए आज जानौं दुर्गालाई सपनामा विभिन्न रूपमा देख्नुको अर्थ के हुन्छ-

माता दुर्गाको सपनामा दर्शन 

सपनामा माता दुर्गाको दर्शन हुनु निकै शुभ मानिन्छ। मान्यता अनुसार सपनामा माता दुर्गाको दर्शन गरेको देख्नुको मतलब तपाईंको जीवनबाट सबै दुःख हटेर जान्छ भन्ने संकेत हो तर माता दुर्गाले कुन रुपमा दर्शन दिनुभएको छ भन्ने पनि हुन्छ। यसको कारण यो हो कि देवी दुर्गाको प्रत्येक रूपको फरक फरक फल मिल्छ।

 
 

रातो पोशाकमा मुस्कुराउँदै गरेकी देवी दुर्गा   

मान्यता अनुसार यदि तपाईंले सपनामा मुस्कुराउँदै गरेको रातो कपडामा माता दुर्गाको दर्शन पाउनु भयो भने यसलाई निकै शुभ मानिन्छ। देवी माताको यो दर्शनले तपाईंको जीवनमा केही शुभ परिवर्तन ल्याउने विश्वास गरिन्छ। परिवर्तनले तपाईंको जीवनको हरेक पक्षलाई प्रभाव पार्नेछ। यसका साथै सपनामा माता दुर्गाको मूर्ति देख्नु पनि विशेष मानिन्छ।

माता दुर्गा सिंहमा सवार 

सपनामा माता दुर्गालाई सिंहमा सवार भएको देखेमा जीवनका विभिन्न समस्या छिट्टै अन्त्य हुने जनविश्वास रहेको छ। तर माता दुर्गाको वाहन अर्थात् सिंह क्रोधित भई गर्जिरहेको देखिएमा समस्या आउने विश्वास गरिन्छ, त्यसैले सावधान रहनुहोस्।

क्रोधित माता दुर्गा   

माता दुर्गालाई सपनामा क्रोधित अवस्थामा देख्नुभयो भने यो अवस्थालाई शुभ मानिदैन। यसको मतलब तपाईंले यस्तो गल्ती गरिरहनुभएको छ, जसको कारण देवी माता क्रोधित भईरहनुभएको छ। सपनामा माता दुर्गाको यस्तो दर्शन देखिएमा तुरुन्तै आफ्नो व्यवहार र कर्मलाई ध्यानमा राखी सुधार गर्नुपर्छ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१६:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाँडै शनि कुम्भ राशिमा प्रवेश गर्दा यी राशिको हुनेछ बेहाल, यस्तो छ कारण