१२ अप्रिलसम्म ३ राशि रहनुहोस् सावधान, बुध अस्तले जीवनमा आउनेछ अनेक समस्या !

ज्योतिष शास्त्रका अनुसार जब कुनै ग्रह अस्त हुन्छ। त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ । अहिले ग्रहहरुको राजकुमार बुध अस्ताएका छन् । बुद्धदेव सन् २०२२ मार्च १४ सोमबार बिहान ५ः५३ मा अस्ताएका थिए । भने सन २०२२ अप्रिल १२ मंगलबार साँझ ७ः४७ मा उदाउनेछ । यस अवधिमा कुल ३० दिनसम्म बुध अस्ताउनेछ। कुनै पनि ग्रहको अस्त हुँदा व्यक्तिको सबै पक्षमा नकारात्मक प्रभाव पर्छ भन्ने हुँदैन । बुध ग्रहको राशि परिवर्तनमा कुन राशिले नकारात्मक प्रभाव पार्छ जान्नुहोस्-

मेष राशि

बुध देव मेष राशिको ११ औँ घरमा अस्ताएका छन् । जसलाई आम्दानी र नाफा दर भनिन्छ। त्यसैले काम र व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। आम्दानीका साधनमा कमी आउन सक्छ । व्यापारीहरूको कुनै पनि सम्झौता अन्तिम चरणमा रोकिन सक्छ। अहिलेको समयमा पैसा लगानी गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

वृष राशि

बुधको अस्त वृष राशिका लागि पीडादायी साबित हुन सक्छ। बुधले वृष राशिको करियर भावमा अस्त भएको छ। जसका कारण काममा समस्याको सामना गर्नु पर्नेछ । रोजगारीको अवसर गुम्न सक्छ। कार्यस्थलमा कामको दबाब बढ्नेछ। वरिष्ठ अधिकारीहरु सँग सम्बन्ध बिग्रन सक्छ। काममा गरेको मेहनतको फल नमिल्ने सम्भावना छ ।

मिथुन राशि

बुध मिथुन राशिको नवौँ घरमा बसेको छ। नवौँ घरलाई भाग्य र परदेश स्थल मानिन्छ। बुध ग्रहको प्रभावले अप्रिल १२ सम्म भाग्य कम हुनेछ। गरेको काम बिग्रन सक्छ । बुधको अष्ट कालमा तपाइले कागजात सम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। व्यापारमा कुनै पनि सम्झौता अन्तिम समयमा रोकिन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग मतभेद हुन सक्छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता दुर्गाको आशीर्वाद चाहनुहुन्छ भने नवरात्रीमा राशि अनुसार यसरी गर्नुहोस् पूजा