चैत्र १५ गतेको राशिफल : मङ्गलबार यी राशिले आफ्नै बलबुतोमा पाउनेछन् चौतर्फी सफलता

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र १५ गते मङ्गलबार हो। मङ्गलबारको दिन संकटमोचन हनुमान जीलाई समर्पित हुन्छ। यस दिन विधि-विधानपूर्वक हनुमान जीको पूजा-अर्चना गरिन्छ। मङ्गलबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

चैत्र १५ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –मङ्गलबार (Tuesday)।।। नक्षत्र – धनिष्ठा , ११:४६ बजे उप्रान्त शतभिषा ।।। तिथि – द्वादशी , १४:४७ बजे उप्रान्त त्रयोदशी ।।। करण – तैतिल १४:४७ बजेदेखि गर , २६:०३ बजे उप्रान्त शकुनि ।।। योग –साध्य , १५:३८ बजे उप्रान्त शुभ ।।। चैत १५, २०७८, मङ्गलबार ।।। २९ मार्च, सन् २०२२ ।।। द्वादशी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ००   ।।। सूर्यास्त(sunrise) – १८:१९।।। कार्यक्रमहरू : – देवपत्तनमा देशोद्धार पूजा।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

हरेक कार्यमा उत्साह र उमङ्ग छल्किएको अनुभव हुनेछ। तन-मनबाट उर्जा र ताजा अनुभव गर्नुहुनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ। मित्र र आफन्तसँग आनन्दमा समय बिताउनुहुनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। धन लाभ, उत्तम भोजन र भेट- उपहार मिल्नाले आनन्द वृद्दि हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

रिस र निराशाको भावना मनमा छाईरहनेछ। शारीरिक स्वास्थ्यले साथ दिनेछैन। घर- परिवारको चिन्ताको कारण खर्च हुनेछ। रिसको कारण कसैसँग मनमुटाव र झगडा हुनेछ। परिश्रम व्यर्थ भएको अनुभव गर्नुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

परिवारमा खुशी र आनन्दको माहोल रहनेछ। पेसा-धन्दामा लाभ हुनेछ। उच्च पदाधिकारीले तपाईको कार्य प्रशंषा गर्नेछन्। वैवाहिक योग रहेको छ। स्त्री मित्रबाट विशेष लाभ हुनेछ। आय वृद्धि हुनेछ। दाम्पत्यजीवनको आनन्द लिनुहुनेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

घरको सजावटमा विशेष ध्यान दिनुहुनेछ। नयाँ घरेलू सामान किन्नुहुनेछ। व्यापारी र पेसा गर्नेलाई लाभ तथा पदोन्नतिको सम्भावना रहेको छ। पारिवारिक सुख-शान्ति बनिरहनेछ। सरकारी लाभ मिल्नेछ। तपाईको मान- प्रतिष्ठा वृद्धि हुनेछ । आर्थिक लाभ होला। सबै कार्य स्वस्थता र सरलतापूर्वक पूरा हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

स्वभावमा उग्रता रिसको कारण केहि काम गर्न मन लाग्नेछैन। बहसको कारण कसैसँग रिस झेल्नुपर्नेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। पेसाको क्षेत्रमा अवरोध आउनाले निर्धारित कार्य पूरा हुनेछैन। धार्मिक यात्राको आयोजन हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

नयाँ कामहरू हातमा लिनु फाईदाजनक रहेको छैन। विदेशी खाना खानाले स्वास्थ्य बिग्रन सक्ला। साथै रिसलाई नियन्त्रणमा राख्न मौनता अपनाउनु होला। खर्च अधिक हुनेछ। आगो र पानीबाट बच्नुहोला। सरकार विरोधी वा अनैतिक प्रवृत्ति सिर्जना नगर्नुहोला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाईको दिन प्रेम, रोमान्स, मनोरन्जनमा बित्नेछ। सार्वजनिक जीवनमा महत्त्व पाउनुहुनेछ। साथीसँग नाफाको कुराकानी हुनेछ। सुन्दर कपडा खरिद गर्नुहुनेछ। दाम्पत्य सुख आनन्दमय रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। मित्रसँग कतै यात्रा गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अनिश्चितता र सुखशान्तिसँग घरमा समय बिताउनुहुनेछ। शारीरिक तथा मानसिक प्रसन्नताले काम गर्न उत्साह प्रदान गर्नेछ। अफिसमा कर्मचारीको मदत्त पाउनुहुनेछ। अधुरो काम पूरा हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कार्य अनुसारको फल प्राप्त नहुने कारण निराशा अनुभव गर्नुहुनेछ। रिसलाई नियन्त्रण गर्नाले कुरा बिग्र्नेछैन। पेट सम्बन्धि रोगबाट समस्यामा रहनुहुनेछ। वाद-विवाद वा चर्चामा नपर्नुहोला। सन्तानको मामलामा चिन्ता पैदा हुनेछ। धन प्राप्तिको लागि दिन अनुकुल रहेको छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

कठिनाईको सामना गर्नुपर्नेछ। कुटुम्बिक झगडाले मनलाई विचलित बनाउनेछ। आमाको स्वास्थ्यको कारण चिन्तित रहनुहुनेछ। सार्वजनिक जीवनमा अयोग्यता वा बेइज्जतीले मान- प्रतिष्ठामा हानि पुर्याउनेछ। पर्याप्त आराम र निन्द्रा नमिल्नाले स्वास्थ्य खराब हुनेछ। ताजगी तथा उर्जाको अभाव हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

तपाईको मनले निकै राहत महसूस गर्नेछ। शारीरिक स्वस्थताले उत्साह वृद्धि गर्नेछ। आफन्त र भाईबहिनीसँग अधिक मेल-मिलाप हुनेछ। घरमा मित्र तथा आफन्तको आगमनले आनन्दमयी वातावरण बन्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कसैसँग झगडा होला। आर्थिक मामला वा लेनदेनमा विशेष ध्यान दिनुहोला। पारिवारिक सदस्यसँग झगडा होला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। खानपिनमा लापरवाहीको कारण स्वास्थ्य खराब होला।

प्रकाशित : सोमबार, चैत १४, २०७८२०:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिचरी अमावस्यामा वर्षको पहिलो सूर्य ग्रहण, यी राशिलाई हुनेछ नसोचेको लाभ !