चलचित्र ‘ए मेरो हजुर ४’ र ‘के. जी. एफ २’ दुवैको ट्रेलर रिलिज, एक साथ भिड्ने: के होला परिणाम ?

पछिल्लो समयमा भारतीय चलचित्रले जरा गाडेको नेपाली चलचित्र बजारमा नेपाली चलचित्र निर्देशक चलचित्र हलमा लागाउन निकै डराउन थालेका छन् । त्यस्तै केही समय पहिले चलचित्र ‘चपली हाइट २’ ले भारतीय चलचित्र पुष्पासँग भिड्न नसक्ने भन्दै आफ्नो रिलिज मिति सारेको थियो ।

अहिले नेपाली चलचित्र बजार निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले निकै तातेको छ । यति बेला दक्षिण भारतका सुपरस्टार यश अभिनीत फिल्म ‘के.जी.एफ २’ सन २०२२ अप्रिल १४ अर्थात् बैशाख १ गतेबाट नेपाल भारत लगायतका अन्य देशमा प्रदर्शनमा आउने भएको छ ।


नेपालमा बलिउड तथा भारतको दक्षिण क्षेत्रको फिल्मको निकै लोकप्रियता रहेको छ । साथै पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा भारतीय फिल्म प्राय: ट्रेन्डिं:-गमा आउने गरेको छ । केही समय पहिले नेपाली चलचित्रले हालमा दर्शक तान्न नसक्दा बलिउड फिल्म ‘सुर्यवंशी’ हालमा दर्शक तानेको छ । अहिलेको अवस्था हेर्न हो भने भन्न सकिन्छ नेपालमा भारतीय फिल्मको मोह कति छ भनेर।

त्यसतै नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । अभिनेत्री झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ नयाँ वर्ष अर्थात् बैशाख  १ गतेबाट प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा अहिलेको युवा पुस्ताको रोजाईमा पर्न सफल अभिनेता अनमोल केसी र सुहान थापाको अभिनय रहेको छ । साथै यही दिन दक्षिण भारतीय चलचित्र ‘ ‘केजीएफ २’पनि लाग्ने भएको छ ।

भारतीय चलचित्र ‘केजीएफ’ को पहिलो च्याप्टर नेपालमा पनि निकै रुचाइएको थियो ।  यस चलचित्रको कथा पहिलो सिरिजमा अधुरै भएको हुँदा यसको दोस्रो सिरिज हेर्न ठूलो सङ्ख्यामा दर्शकको भिड लाग्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा खुल्दै अभिनेत्री स्वस्तिमा, सार्वजनिक गरिन् यस्ता तस्बिर !