ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको राशि परिवर्तनले हरेक मानिसको जीवनमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्ने गर्दछ । ग्रहहरूको राशि परिवर्तनले व्यक्तिको व्यक्तित्व र व्यवहारमा धेरै परिवर्तन ल्याउँछ। यस्तै परिवर्तन चैत १७ गते हुने भएको छ । वास्तवमा यस दिन शुक्रको राशि परिवर्तन हुँदै छ। शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गर्नेछ। यस्तो अवस्थामा कुन राशिका लागि शुक्र परिवर्तन लाभदायक साबित हुन्छ र कुन ५ उपाय लाभदायक हुन्छ जान्नुहोस् ।
यी राशिलाई हुनेछ अत्यन्तै शुभ
शुक्रको यस राशि परिवर्तन अवधिमा मेष, वृष, तुला र धनु राशिलाई शुभ हुने भएको छ । यस अवधिमा धन कमाउन सफल हुनुहुनेछ। अदालतमा चलिरहेको कुनै मुद्दाको निर्णय आफ्नो पक्षमा आउनेछ। काममा थप जिम्मेवारी पाउन सकिनेछ । आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ । इज्जत र प्रतिष्ठा बढ्नेछ। यसबाहेक व्यापारमा विस्तार हुनसक्छ । सरकारी नोकरी गर्नेलाई विशेष लाभ हुनेछ ।
शुक्रको राशि परिवर्तनको समयमा गर्नुहोस् यस्ता उपाय
शुक्र गोचरमा सेतो वस्तुको प्रयोग गर्नु राम्रो हुनेछ ।, शुक्र ग्रह बलियो बनाउन शुक्रबार व्रत बस्नुहोस्। साथै लक्ष्मीलाई प्रसादमा सेतो मिठाई चढाउनुहोस्। शुक्रबारको दिन चामल, दूध, सेतो मिठाई, सेतो कपडा, मिठाई आदि खाँचोमा परेकाहरूलाई दान गर्नुहोस्।
ज्योतिष शास्त्रका अनुसार हातमा चाँदीको चुरा, घाँटीमा से:-फ्टिक माला धारण गर्नाले शुक्र ग्रह मजबुत हुन्छन् ।