राहुको चाल परिवर्तन हुँदै, यी ३ राशिको जीवनमा डेढ वर्षसम्म अनेक समस्या आउने !

राहुलाई ज्योतिष शास्त्रमा पापी ग्रह भनिन्छ । यस बाहेक यसलाई मायावी ग्रह पनि भनिन्छ। यो ग्रहको गति बुझ्न धेरै गाह्रो छ। सामान्य जीवनमा घट्ने घटनाहरू सीधा राहु ग्रहसँग सम्बन्धित हुन्छ । ज्योतिष शास्त्रका अनुसार अप्रिल १२ मा पापी ग्रह राहुलाई आफ्नो छल परिवर्तन गर्नेछ । प्रतिगामी चालमा राहुले वृष राशिबाट मेष राशिमा प्रवेश गर्नेछ।

राहु १८ वर्षपछि मेष राशिमा प्रवेश गर्दैछ । यस्तो अवस्थामा राहुको यो गोचरले ३ राशिका मानिसलाई समस्या ल्याउन सक्छ । जान्नुहोस् ती राशि कुन-कुन हुन् ।

मेष राशि 

यस राशिमा मंगल ग्रहको प्रभाव हुने गर्दछ। ज्योतिष शास्त्रमा मंगल ग्रहलाई ग्रहहरूको सेनापति भनिन्छ। मेष राशिको प्रतिगामी स्थितिमा राहुको प्रवेशले कतिपय अवस्थामा नकारात्मक परिणाम दिन सक्छ। राहु गोचरको समयमा क्रोधबाट बच्नु पर्नेछ। आर्थिक हानि हुन सक्छ ।

तुला राशि 

तुला राशिका मानिसले राहुको गोचरको समयमा विशेष सावधानी अपनाउनु पर्ने भएको छ । ज्योतिष शास्त्र अनुसार यस समय केतु यस राशिमा विराजमान हुन्छ । यससँगै राहुको नजर पनि रहनेछ जसको कारण जीवनमा अचानक समस्या आउन सक्छ। लक्ष्य प्राप्तिमा कठिनाइहरू पनि सामना गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

मकर राशि 

मकर राशिका लागि राहुले जीवनमा समस्या सिर्जना गर्न सक्छ। रोजगारीका काममा अवरोध आउन सक्छ। सम्बन्ध बिग्रन सक्छ । साथै बोलीमा पनि कमजोरी हुनसक्छ । यात्राको समयमा क्रोधबाट बच्नु पर्नेछ। कार्यस्थलमा अधिकारीहरूले तपाईंलाई समस्या दिन सक्छन्। मनमा अनावश्यक डर रहन सक्छ। पैसा बचत गर्नु राम्रो हुनेछ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१०:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२४ घण्टामा यी ४ राशिको जीवनमा आउनेछ ठूलो परिवर्तन, हुनेछ फाइदै-फाइदा!