शनिदेवको राशिमा शुक्रदेवले गोचर गर्दै, चम्किनेछ यी ३ राशिको भाग्य

काठमाडौँ : ज्योतिष शास्त्रअनुसार हरेक ग्रहको गोचरको प्रभाव मानव जीवनमा पर्छ। केही राशिहरुका लागि ग्रह गोचर लाभदायी हुन्छ भने केही राशिका जातक सावधान रहन् आवश्यक हुन्छ। शुक्रदेवलाई धन र ऐश्वर्यको कारक मानिन्छ। शुक्रले चैत १७ गते(३१ मार्च) मा राशि परिवर्तन गर्दैछ। शुक्र राशि परिवर्तनले कुन-कुन राशिलाईलाभ मिल्नेछ त ? हेर्नुस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शुक्र गोचर मेष राशिका जातकको लागि लाभदायी साबित हुनेछ। शुक्रको गोचर तपाईको राशिको ११ औँ भावमा हुनेछ, जसलाई ज्योतिषमा आय र लाभको स्थान मानिन्छ। यस समयावधिमा तपाईको आय बढ्न सक्छ। आयका नयाँ श्रोतहरु खुल्नेछ। शुक्र तपाईको दोस्रो र सातौँ भावको स्वामी हो, जसकारण तपाईले साझेदारीको काममा सफलता हासिल गर्नुहुनेछ। जीवनसाथीको सहयोग प्राप्त गर्नुहुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिको द्वितीय भावमा शुक्रको गोचर हुनेछ, जसलाई धन र वाणीको स्थान मानिन्छ। यस समयावधिमा आकस्मिक धन लाभ हुनेछ। कतै रोकिएको धन प्राप्त हुन् सक्छ। जागिर गर्ने जातकको तलब वृद्धि हुन् सक्छ। मकर राशिको स्वामी ग्रह शनिदेव हो। शुक्र र शनिबीच मित्रताको भाव भएको कारण यो गोचर कालमा विशेष लाभ प्राप्त हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकको लागि शुक्रको गोचर लाभदायी साबित हुनेछ। शुक्र कुम्भ राशिमै गोचर गर्दैछ। तसर्थ यस अवधिमा तपाईलाई भाग्यले पूरा साथ दिनेछ। कार्यस्थलमा वरिष्ठ अधिकारीबाट तपाईको कामको तारिफ हुनेछ। व्यापारमा नयाँ सम्झौताले पूर्णता पाउनसक्छ। कुम्भ राशिको स्वामी ग्रह शनिदेव हो। शनि र शुक्रबीच मित्रताको भाव भएको कारण राशि परिवर्तनको लाभ मिल्नेछ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका मानिस प्रेमी-प्रेमीका प्रति हुन्छन् इमानदार, भाग्यमानीलाई मात्र मिल्छ यिनीहरुको साथ !