मासिक राशिफल: चैत महिना यी ३ राशिलाई अशुभ साबित हुने, रहनुहोस् सावधान !

मेष राशि 

यो महिनामा तपाईंको राशिको बाह्रौं भावमा सूर्यले गोचर गर्नाले मिश्रित फल प्राप्त हुनेछ। मित्रहरूले आपत पर्दा सक्कली रुप देखाउन सक्छन्। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। पारिवारिक समस्याले गर्दा तपाईंको मन चिन्तित रहनेछ। महिनाको अन्त्यतिर भने परिस्थिति अनुकूल हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा तपाईंले राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसको लागि वर्षको अन्तिम महिना त्यति शुभ नरहला। सामाजिक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न निकै कठीन होला। उच्च पदाधिकारीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन निकै कडा मेहनत गर्नु पर्ला। महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्नसक्छ, सजग रहनुहोला। महिनाको अन्तिममा स्वास्थ्यमा केही समस्या आउनसक्छ।

सिंह राशि 

आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। झन्झटिलो काममा तपाईंको समय बर्बाद हुनसक्छ, सावधान रहनुहोला। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो महिना त्यति अनुकूल नरहला। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनेछ। दाम्पत्य जीवन पनि त्यति सुखमय नरहला।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मासिक राशिफल : चैत्र महिनाभर मनग्यै लाभ मिल्नेछ ६ राशिलाई, बाँकी राशिले भोग्नेछन् नसोचेका झमेला